दुई गाउँलेबीच झडप : स्थिति नियन्त्रण लिन हवाई फायर



हाम्रो इकोनोमि

 

रौतहटको  गुजरा  नगरपालिका ९ सिमराभवानीपुरमा बिहीबार दुई गाउँलेबीच झडप भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्याससँगै हवाई फायर गर्नु परेको छ।

बाटोको किनारमा बनियाँ समुदायले होली खेल्न राखेको माटोको घैटा (मट्का) चौधरी समुदायका केही व्यक्तिले फुटाएपछि विवाद भएको प्रहरीको भनाइ छ।

झडपमा स्थानीय तथा प्रहरी घाइते भएका छन्। प्रहरीले पाँच जना स्थानीयलाई नियन्त्रणमा लिएको छ।

दुवै पक्षलाई नियन्त्रणमा नलिई एकपक्षका व्यक्तिलाई मात्र प्रहरीले नियन्त्रणमा लिएको भन्दै चौधरीपक्षले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि ६ राउण्ड अश्रुग्यास र ७  राउण्ड हवाई फायर भएको हो।

प्रहरीतर्फ प्रहरी हवल्दार ईश्वर विष्टको मुखमा चोट लागेको  छ भने प्रहरी जवान पिताम्बर काफ्लेको छातिमा चोट र पवन कार्कीको  दाहिने हातमा चोट लागेको छ।

यस्तै गुजरा नपा ९ सिमरा भवानिपुर चौधरीटोलका विवेक चौधरी, बानियाँ टोलका ५३ वर्षीय तेतरीदेवी साह, ५९ वर्षका रामएकवाल साह रौनियार र ३४ वर्षीय सोनेलाल सहनी घाइते भएका छन्। उनीहरुको चन्द्रनिगाहपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भुपेन्द्र खड्काले जानकारी दिए।

प्रहरीले २१ वर्षीय  दिपेश चौधरी, आकास चौधरी, १७ वर्षीय  पप्पु चौधरी, ३० वर्षीय सुकेश्वर चौधरी, ३० वर्षीय रोहित चौधरीलाई नियन्त्रणमा लिएको छ।

घटनास्थलमा चन्द्रनिगाहपुर, गरुडाबाट नेपाल प्रहरी तथा सन्तपुरबाट सशस्त्र प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...