वैदेशिक रोजगार विभागका सुब्बा ६० हजार घुससहित पक्राउ



हाम्रो इकोनोमि

 

वैदेशिक रोजगार विभाग काठमाडौंका नायव सुब्बा रामकुमार फुयाँल ६० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले फुयाँललाई गोकर्णेश्वर नगरपालिका–५ स्थित जोरपाटी चोकबाट नियन्त्रणमा लिएको हो ।

 

नायव सुब्बा फुयाँलले वैदेशिक रोजगार लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निज बिरुद्ध उजुरी परेको र निजको नाममा पक्राउ पुर्जी जारी गरिदिन्छु भनी पटक पटक कार्यालयमा बोलाएर डरधम्की देखाई घुस मागेका थिए । फुयाँलले सेवाग्राहीसँग ६० हजार घुसबापतको रकम लिएर जोरपाटी चोकमा फलफूल पसल गर्ने ध्रुव खड्कालाई राख्न दिएको बताइएको छ ।

 

फलफूल पसलेलाई पैसा राख्न दिएको केही समयपछी गोकर्णेश्वर नगरपालिका–५ जाेरपाटी चोक स्थित सापकोटा मिठाइ भण्डारमा खड्कालाई राख्न दिएको पैसा लिन पुगेका सापकोटलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको अख्यितर प्रवक्ता प्रदिप कुमार कोईरालाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...