कोरियन भाषा परीक्षाको शुल्क बुझाउन बैंकमा लाइन बस्नु नपर्ने, आईएमई-पे र ई-सेवामा सुविधा



हाम्रो इकोनोमि

 

कोरियन भाषा परीक्षाका लागि आवेदन शुल्क बुझाउन बैंकमा नै लाइन बस्न नपर्ने व्यवस्था मिलाइएको छ । परीक्षार्थीले घरमै बसीबसी आईएमई-पे र ई-सेवाबाट शुल्क बुझाउन सक्छन् । आवेदन फारम पनि अनलाइनबाट नै भर्न सकिने सुविधा छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत शुक्रबारबाट खुला भएको कोरियन भाषा परीक्षाको आवेदन फारम चैत १७ गतेसम्म भर्न सकिन्छ ।

 

परीक्षार्थीको सुविधाका लागि ग्लोबल आईएमई बैंकको कमलादी बाहेकका शाखाका साथै आईएमई-पे र ई-सेवाबाट पनि शुल्क बुझाउन मिल्ने व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका निर्देशक कृष्ण खनालले जानकारी दिए । आईएमई पे र ई-सेवाबाट १७ हजारभन्दा बढीले शुल्क बुझाइसकेको ईपीएस कोरिया शाखाका अधिकारीहरुले बताएका छन् ।

 

तर, आईएमई-पे र ई-सेवाबाट शुल्क बुझाउन मिल्ने सुविधाबारे जानकारी नहुँदा धेरै परीक्षार्थीहरुले बैंकमा लाइन बसेर शुल्क बुझाएको पाइएको छ । बैंकमा लाइन बसेका परीक्षार्थीहरुलाई सुविधाका लागि दुई वटा काउन्टरको व्यवस्था मिलाउन वैदेशिक रोजगार विभागको ईपीएस शाखाले आग्रह गरेको छ ।

 

परीक्षाले कोरियन भाषा परीक्षाका लागि २४ डलर बराबरको शुल्क बुझाउनुपर्छ । १८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन् ।

 

नेपालबाट सन् २००८ देखि ईपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ ।

 

आगामी वर्षका लागि कोरियाले १० हजार ५० नेपाली कामदारको कोटा दिएको छ । उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी छ ।

 

एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउनेछ । जुन क्षेत्रका लागि परीक्षा आवेदन फर्म भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यहि क्षेत्रमा मात्र रोजगार आवेदन फाराम भर्नुपर्नेछ । उत्पादनमुलक क्षेत्रमा फर्म भर्नेले तीन उपक्षेत्र र कृषितर्फ दुई उपक्षेत्र छनौट गर्नु पर्नेछ ।

 

अनलाइन फारम भर्न eoers.epsnepal.gov.np मा जानुपर्छ । फारम भरेपछि परीक्षार्थीको इमेलमा प्रवेशपत्र आउनेछ । जसलाई रंगीन प्रिन्ट गरेर परीक्षा दिन जाँदा लैजानुपर्छ । परीक्षा दिन जाँदा सक्कल एमआरपी पनि लैजानुपर्छ । यो वर्षको परीक्षा २०७४ सालको जेठ २५ र २६ गते हुनेछ । परीक्षाको नतिजा असार १३ गते प्रकाशित हुनेछ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...