शिक्षामन्त्री पोखरेल अस्पताल भर्ना



हाम्रो इकोनोमि

 

शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी बिहीबार अपराह्नदेखि पाटन अस्पताल भर्ना भएका हुन् ।

 

गण्डकी मेडिकल कलेजको विवाद सम्बन्धी छलफल सकेलगत्तै उनी स्वास्थ्य जाँचका लागि भरोसा अस्पताल गएका थिए । त्यहाँ केहीबेर परीक्षण गरेपछि भर्ना हुन चिकित्सकले सल्लाह दिएका थिए । ‘भर्ना हुनैपर्छ भनेपछि पाटन अस्पतालमा भर्ना हुनु भएको छ,’ मन्त्री पोखरेलका प्रमुख सल्लाहकार जीवन गौतमले भने, ‘स्वास्थ्य अवस्था सामान्य छ ।’

 

मन्त्री पोखरेलले सुगरको औषधि सेवन गर्दै आएका थिए । तर पछिल्लो तीन-चार दिनदेखि फुड प्वाइजनको समस्या देखिएको थियो । पाटन अस्पतालमा बिहीबार भर्ना भएका मन्त्री पोखरेललाई शुक्रबार बिहान डिस्चार्ज गर्ने तयारी थियो । तर, बिहीबार रातिदेखि थप समस्या देखिएपछि तत्काल डिस्चार्ज नगर्ने निष्कर्षमा चिकित्सकहरु पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...