वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठकाे स्वास्थ्य गम्भीर, मेडिसिटी अस्पतालमा भर्ना



हाम्रो इकोनोमि

 

वरिष्ठ पत्रकार एवम् कामना न्युज पव्लिकेशनका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठकाे स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

पत्रकार श्रेष्ठ आइतबारदेखि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् ।

करिब चार महिनाअघि नाकमा समस्या देखिएका कारण राजधानीको वयोधामा नाक र त्यसलगत्तै ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो ।

उक्त शल्यक्रिया लगत्तै पत्रकार श्रेष्ठमा विभिन्न स्वास्थ्य समस्या देखापर्दै आएका थिए ।

त्यसपछि उनको नर्भिक र भारतको मेदान्त अस्पतालमा उपचार भएको थियो ।

मेदान्त अस्पतालमा दुई महिना उपचार गराएर फर्किएका उनले नर्भिक अस्पतालमा फिजोयोथेरापी लगायतका विधिबाट उपचार गर्न गरिँदै आएको थियो ।

अहिले श्रेष्ठको स्वास्थ्य स्थिति जटिल र स्थिर अवस्थामा रहेको उपचारमा संलग्न चिकित्सकहरुको भनाई उदृत गर्दै कामना न्युज पब्लिकेशनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...