पृथ्वीको सतहभन्दा २५ किलोमिटर माथि भयो यस्तो शक्तिशाली विष्फोट



हाम्रो इकोनोमि

 

पृथ्वीको सतहभन्दा केही किलोमिटरमाथि वायुमण्डलमा शक्तिशाली उल्का विष्फोट भएको छ । नासाका अनुसार गत १८ डिसेम्बरको मध्याह्नमा भएको विष्फोटबाट १ सय ७३ किलोटन ऊर्जा उत्पन्न भएको थियो ।

 

३२ किलोमिटर प्रतिसेकेण्डको वेगमा वायुमण्डलमा प्रवेश गरेको पिण्ड पृथ्वीको सतहभन्दा २५.६ किलोमिटर माथि विष्फोट भएको वैज्ञानिकहरुले बताएका छन् । टेक्सासको उडल्याण्डमा आयोजित चन्द्रमा र ग्रह विज्ञान सम्बन्धी एक सम्मेलनमा नासाकी वैज्ञानिक डा. केली फास्टले यो विष्फोटबारे जानकारी दिएका हुन् ।

 

बीबीसीका अनुसार यो कुरा सबैभन्दा पहिलो अमेरिकी वायु सैनिकले पत्तो पाएका थिए । उनीहरुले नै नासाका वैज्ञानिकहरुलाई विष्फोटबारे जानकारी दिएका थिए । वैज्ञानिकहरुका अनुसार  विष्फोट उत्तर अमेरिका र एसियाबीच व्यापारिक उडान हुने रुट नजिकै भएको थियो ।

 

३० वर्षको अवधिमा भएको यो दोस्रो ठूलो विष्फोट हो । ६ वर्षअघि रुसको वायुमण्डलमाथि योभन्दा कयौं गुणा शक्तिशाली विष्फोट भएको थियो । उक्त विष्फोट जापानको हिरोसिमामा अमेरिकाले खसालेको अणु बमभन्दा १० गुणा शक्तिशाली थियो । यद्यपि बेरिङ सागरमाथि विष्फोट भएकाले त्यसको ऊर्जाले धेरै क्षति भएन ।

 

डिसेम्बर महिनामा भएको विष्फोटबाट उत्पन्न ऊर्जा रुसमा भएको विष्फोटभन्दा ६० प्रतिशत कम हो । त्यसैले यसको धेरै चर्चा नभएको वैज्ञानिकहरु बताउँछन् । वैज्ञानिकका अनुसार यस्ता ठूला विष्फोट एक वर्षको अवधिमा दुई वा तीन पटक मात्र हुने गर्दछ ।’

 

आकासीय पिण्ड पृथ्वीको नजिक आएमा ग्रुत्वाकर्षणका कारण तीव्र गतिले पृथ्वीतर्फ र्झन थाल्छन् र वायुमण्डलसँग घर्षण भएर आगो निस्किन्छ । यसैलाई उल्का खसेको भनिन्छ । यदि यी उल्का पृथ्वीमा ठोक्किएमा ठूलो क्षति पुर्‍याउने वैज्ञानिकहरुको भनाइ छ । यद्यपि पृथ्वीमा पानीको मात्रा बढी भएकाले प्रतिरक्षामा धेरै हदसम्म सहयोग पुग्ने गरेको छ ।

 

सन् २००५ मा अमेरिकी संसदले नासालाई सन् २०२० भित्र पृथ्वी नजिकका क्षुद्रग्रहको संख्या पत्ता लगाउन भनेको थियो । तर उक्त समयसीमा अपुग भएको र थप १० वर्ष समय चाहिने वैज्ञानिकहरूले आकलन गरेका छन् ।

 

उल्कापातको कोण र गतिका आधारमा यो पृथ्वीको कुन क्षेत्रमा खस्छ भन्ने पत्ता लगाउन वैज्ञानिकहरु धेरै हदसम्म सफल भएका छन् । तर, बेरिङ सागरमाथि भएको ठूलो विष्फोट र गत डिसेम्बर महिनामा भएको पछिल्लो घटनाको पूर्व जानकारी भने वैज्ञानिकहरुलेसमेत पाएनन् । यसबाट पिण्डहरुको अध्ययनमा थप सुधार आवश्यक देखिएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...