भारत भन्दा नेपाल ४० औ स्थानले अगाडी, पाकिस्तानले पनि भारतलाई हरायो



हाम्रो इकोनोमि

 

हिजो काठमाडौ उपत्यका लगायतका पहाडी जिल्लाहरुमा हर्ष उल्लासको पर्व होलीको रौनकता छाएको थियो । योबीचमा हिजो विश्व खुःशी दिवसको प्रतिवेदन पनि आएको छ । नेपाल विश्वका खुशी देशको सूचीमा १०० औं स्थानमा अटाएको छ । दक्षिण एसियाबाट १०० स्थानमा अटाउने देशहरुमा पहिलो पाकिस्तान रहेको छ । पाकिस्तान ६७ औ स्थानमा रहेको छ भने भुटान ९५ औ स्थानमा पर्न सफल भएको छ । यसरी हेदा पाकिस्तानी र भुटानी नागरिक पछि दक्षिण एसियामा नेपालीहरु सबैभन्दा धेरै खुःशी छन् ।

 

पाकिस्तानमा इमरान खानको सरकार आएपछि पाकिस्तानीहरुको खुःशी उच्च तहमा पुग्न सफल भयो । अर्को तिर भारत १०० भित्र अटाउन सफल भएको छैन । भारतीयभन्दा नेपाली धेरै खुशी देखिएका छन् ।

 

संयुक्त राष्ट्रसंघको दीगो विकास समाधान सञ्जालले अन्तर्राष्ट्रिय खुशी दिवसका अवसरमा बुधबार सार्वजनिक गरेको ‘वर्ल्ड हेप्पीनेस’ सर्वेक्षणअनुसार १५६ देशमध्ये नेपाल १०० औं स्थानमा परेको हो । दक्षिण एसियामा सबैभन्दा खराब अवस्था भएका देशहरु तीन वटा रहेका छन् । बंगलादेश १२५ मा रहेको छ । अर्को तिर श्रीलंका १३० औ स्थानमा देखिएको छ ।

 

नेपालको छिमेकी भारत १४० औ स्थानमा रहेको छ भने अफगानिस्तान १५४ औं स्थानमा छ । आय, स्वतन्त्रता, विश्वास, स्वस्थ आयु, सामाजिक स्थायित्व तथा आत्मियताका आधारमा खुसी मापन गरिएको हो । सर्वेक्षणअनुसार फिनल्याण्ड संसारकै खुशी देशमा परेको छ । फिनल्याण्ड तीन वर्षयता लगातार पहिलो स्थानमा पर्दै आएको छ । दोस्रो खुसी हुने देशमा डेनमार्क, तेस्रोमा नर्वे, चौथोमा आइसल्याण्ड, पाँचौमा नेदरल्याण्ड, छैठौंमा स्वीटजरल्याण्ड, सातौंमा स्विडेन, आठौंमा न्यूजल्याण्ड, नवौंमा क्यानडा र दशौंमा अस्ट्रिया रहेका छन ।

 

अर्को तिर सबैभन्दा कम खुशी हुनेहरुको सुचिमा दक्षिण एसियाबाट अफगानस्तान तेस्रो मा पर्न सफल भएको छ । सबैभन्दा कम खुःशी हुनेहरुको अग्रस्थानमा हाइटी पर्न सफल भएको छ । त्यसपछि क्रमश, बोत्सवाना, सिरिया, मलावी, यमन, रुवान्डा, तान्जानिया, मध्य अफ्रीकी गणतन्त्र र दक्षिण सूडान रहेका छन् । हामीले माथि राखेको क्रमश सबैभन्दा धेरैबाट सुरु भएको छ । चाहे त्यो खुःशी हुनेहरुको सुचि होस वा दुःखी हुनेहरुको हो । Source    

CNN Source 

प्रतिक्रिया दिनुहोस
रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...

रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी

    रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । रसुवाका प्रमुख जिल्ला...

कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...