विवाहपछि वर्षा राउत (हेरौँ ७ तस्बिर)



हाम्रो इकोनोमि

 

 

सिन्धुलीमा २७ मंसिर २०५० मा जन्मिएकी वर्षा राउत पछिल्लो समय चलचित्र क्षेत्रमा उदाएका मध्ये सफल अभिनेत्री हुन् । हँसिलो अनुहार, मिलनसार व्यवहारका कारण उनको चलचित्र क्षेत्रमा प्रायः सबैसँग राम्रो सम्बन्ध रहँदै आएको छ ।

उनले सिन्धुलीको स्वर्णीम तारा बिद्याश्रमबाट २०६५ मा एसएलसी उत्रिर्ण गरेकी हुन् ।
वर्षा म्युजिक भिडियो अभिनयबाट कलाकारितामा भित्रिएकी हुन् । सिर्जना कार्कीको ‘रोजेको मैले’ बोलको गीतमाथि बनेको भिडियोबाट उनले मोडलिङमा पाइला बढाएकी थिइन् । चलचित्रमा भने उनले निर्देशक विकास आचार्यको ‘नाई नभन्नू ल ४’ बाट डेब्यु गरेकी हुन् ।

 

यो चलचित्रको ब्यवसाय राम्रो हुन नसके पनि अभिनयबाट भने वर्षा चर्चा रहन सफल भइन् । त्यसपछि उनले ‘जात्रा’, ‘छक्का पञ्जा’, ‘छक्का पञ्जा २’, ‘मेरो पैसा खोई’ जस्ता चलचित्रमा काम गरिन् । यी मध्य ‘मेरो पैसा खोइ ?’ भने व्यवसायिकरुपमा असफल रह्यो ।

 

२ फागुन (प्रणय दिवस)को दिन अभिनेता संजोग कोईरालासँ दाम्पत्य सम्बन्धमा बाँधिएकि राउत विवाहपछि वर्षाले फिल्म खेल्ने की नखेल्ने भन्ने धेरै प्रसंसकहरुको जिज्ञासामा आफु विवाह पछि पनि फिल्ममा निरन्तर आउने बताएकी छिन् । विवाहपछि फिल्मको काममा अझ बढी व्यस्त हुने उनको कथन छ ।

 

विवाहपछि वर्षाले फिल्ममा निरन्तरता नदिने हुन की भन्ने दर्शकको शँकामा उनका भावी श्रीमान तथा अभिनेता संजोगले पनि वर्षाले विवाहपछि झन राम्रो सिनेमा खेल्ने बताएका छन् । आफ्नो परिवार नै फिल्मसँग सम्बन्धित भएकाले वर्षालाई विवाहपछि कोईराला परिवारबाट झनै फिल्मको लागि प्रेरणा मिल्ने संजोगको भनाई छ ।

 

सँजोगका बुबा शेखर कोईराला एक समयका सफल फिल्म निर्माता हुन् । शेखरले छोरी बुहारी, साथी, एक नम्बरको पाखे, अप्सरा, गौथली सहित थुप्रै चलचित्र निर्माण गरिसकेका छन् ।

 

विवाहपछि सार्वजनिक भएका उनका तस्बिर हेरौँः

 

barsha-raut-1

 

barhsa-raut-4

 

 

barsha-raut-5

barsha-raut-5

 

barsha-raut-6

 

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...