मृत्यु अधि यमराजले पठाउँछन यस्ता चार चिठ्ठी



हाम्रो इकोनोमि

 

मृत्युका देवता ‘यमराज’ एक मनिस सामु पुगे । यमराजले भने, ‘म काल हुँ, मृत्यु तेरो समय आएको छ । अब म तलाई लिन आएको हुँ ।’  सो व्यक्तिले भने, ‘यमराज जी केहि रकम लेउँ र यहाँबाट जाउँ ।’ जसरी यो कलिकालमा घुस चल्छ त्यस्तै उसले भने, ‘चिया पानीको पैसा लिएर जाउँ  फेरी आउनु ।’

 

यमराजले भने, ‘कुरा यस्तो छ कि त स्पष्ट बोल्छस् सीधा सीधा बोल्छस । म तेरो स्पष्टवादितासँग खुशी छु, त्यसैले अहिले म जान्छु र जुन त घुसको कुरा गर्दै छस  यो तेरो मुद्रा, तेरो यो सय-सय र हजार-हजारका नोट मेरोमा चल्दैन त्यसैले यो रिश्वत त आफुसँग राख । पैसा त मलाई लिन आउदैन तर एक कुरा यादमा राख । म तलाई चारबटा चिठ्ठी पठाउनेछु । पाँचौ चिठ्ठी आउने छैन । सो समय म आफै लिन आउनेछु ।’

 

त्यो व्यक्तिले भने, ‘लौ ठिक छ । तपाईको ठुलो दया भयो । ठुलो कृपा भयो म माथि, तपाई चार चिठ्ठी पठाउनु होला ।’ उसले सोच्यो चार चिठ्ठी आउनमा धेरै समय लाग्नेछ । पहिले एउटा आउनेछ, फेरी दोस्रो आउनेछ, तेस्रो आउनेछ अनि चौथो आउनेछ त्यसपछि बिचार गर्नेछु । यो सोचर उ संसार भित्र माया भित्र आसक्त हुन थाल्यो, परमात्मालाई भुल्न थाल्यो ।

 

एक दिन अचानक यमराज आइपुगे । सो व्यक्ति भन्न लाग्यो, ‘यमराज जी तपाई त निकै झुठो बोल्नुहुदो रहेछ । तपाईले त भन्नुभएको थियो कि चार चिठ्ठी पठाउनुहुनेछ । तर तपाईले त एकै चिठ्ठी पनि पठाउनुभएन । तपाई कसरी मलाई लिन आउनुभयो ?’

 

यमराजले भने, ‘मानव मैले तलाई चार चिठ्ठी पठाइ दिए ।’
उसले भने, ‘कसरी ?’
यमराजले भने, ‘यो भन कि तेरो कपाल सेतो भयो कि भएन ?’
उसले भने,’हजुर कपाल त मेरे सेतो भयो तर मैले त्यसमाथि कालो रंग लगाइदएि त्यो फेरी कालो भयो ।’

 

यमराजले भने, ‘जुन सेतो कपाल भयो त्यो मेरो पहिलो चिठ्ठी थियो । अब यो भन कि तेरो आँखा कमजोर भयो कि भएन ?’
उसले भने, ‘कमजोर त भयो, देख्न कम भयो तर मैले पावर बाला चस्मा लगाए जसकारण अहिले ठिकसँग देख्न थाल्या छु ।’

 

यमराजले भने, ‘त्यो मेरो दोस्रो चिठ्ठी थियो । अब भन तेरो दाँत झर्‍यो कि झरेन ?’
भने, ‘दाँत त झर्‍यो तर मैले नक्कली दाँत लगाए ।’
यमराज भन्छन्,’त्यो मेरो तेस्रो चिठ्ठी थियो । अब भन तलाई सुनाइ कम भयो कि भएन ?’
उसले भने,’हजुर सुनाइ त निकै कम भएको थियो तर मैले सुन्ने मेसीन लगाए जसले अब ठिकसँग सुन्न सक्छु ।’

 

यमराजले भने, ‘हेर यी चार चिठ्ठी पुरा भए । अब म स्वयं तलाई लिन आएको छु । तैले सामाधान त गरिस् नक्कली चिज लगाएर काम चलाइस तर अब म तेरो स्वास निकाल्दै छु । यस ठाँउमा कुन चाहि हावा भर्छस् ?’ यमराजले यति भनेर मानिसको हंसलाई निकालेर गए ।

जब प्राणशक्ति निकलन्छ त शरिर मुर्दा बन्छ । विज्ञानले आजको समयमा धेरै कुराहरुको विकास गरेको छ । तपाईको कपाल सेतो भए कालो रंग लगाएर कालो बनाउन सक्नुहुनेछ । कपालै नरहे नक्कली कपाल लगाएर हिड्न सक्नुहुनेछ । दाँत झरे नक्कली दाँत लगाउन सक्नुहुनेछ । विज्ञानले अन्य धेरै कुराको बन्दवस्त गर्‍यो तर प्राणशक्ति माथि विज्ञानको नियन्त्रण हुन सकेन ।  मृतकलाई विज्ञान जिउँदो बनाउन कहिले पनि सक्ने छैन।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...