जन्मदिनको चकलेट बाँड्न पाएनन् बसन्तले, साथीहरु पर्खेर बसे तर उनी संधैका लागि यसरी अस्ताए, सबैको आँखामा आँशु मात्र छचल्किरह्यो



हाम्रो इकोनोमि

 

जन्मदिनको खुसियाली मनाउने योजना थियो वसन्त थापाको ।

अतिरिक्त कक्षा अध्ययनका लागि बिहानै विद्यालय पुगेका वसन्तका साथीले सुस्वास्थ्य, दिर्घायु अनि उज्जवल भविष्यको कामना गरे ।

सोमबारबाट १५ वर्षमा प्रवेश गरेका थिए उनी ।

बिहानी कक्षाबाट छुट्टिएको आधा घण्टा पनि नबित्दै सवारी दुर्घटनामा वसन्तको मृत्युको खबरले उनका साथी स्तब्ध भए ।

साथीलाई चकलेट बाँड्ने योजना बनाउँदै बिहानी कक्षा सकिएपछि वसन्त खाना खान घरतर्फ गएका थिए ।

फर्कंदा ढिलो हुने ठानेर उनले घर जाँदै मिठाइ किन्न सोच बनाए ।

जेब्राक्रसबाट बाटो पार गर्न लाग्दा सोमबार १५ वर्षीय वसन्तलाई बोलेरो गाडीले ठक्कर दियो ।

गाडीको ठक्करबाट जन्मेकै दिन उनले संसारबाट बिदा लिए ।

उनलाई जेब्रा क्रसिंङमै ना ४ च ५००७ नम्बरको बोलेरोले ठक्कर दिएको हो ।

ठक्करबाट घाइते भएका उनलाई बोलेरोको पछाडिबाट आएको ना ५ ख ७५९५ नम्बरको ट्रकले ठक्कर दिएपछि बोलेरो वसन्तको शरीरमाथि चढेर अगाडि बढ्यो ।

ठक्करबाट गम्भीर घाइते भएका थापाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

थापा लाइसियम इन्टरनेशनल मोडल स्कुलमा कक्षा ८ मा पढ्थे । चैत्र १० गतेबाट सुरु हुने आधारभूत तहको परीक्षाका लागि तयारी कक्षा लिएका थिए उनले । ‘बिहानको प्रार्थना सभामा जन्मदिन मनाउने चलन भएकोले हामीले तयारी गरेका थियौं’ प्रिन्सिपल वसन्त अधिकारीले भने, ‘हामीले शुभकामना दिन पनि पाएनौं ।’

उनी रत्ननगर नगरपालिका १० कैलाश टोलस्थित हजुरबुबाको घरमा हजुरआमा र बुबासँग बस्दै आएका थिए । उनका बुबा जंगबहादुर विद्युत् वायरिङ र प्लम्बिङको काम गर्छन् । आमा पवित्रा राना बाग्लुङको जयमिनी नगरपालिका बिनाबारेमा बस्छिन् ।

पढ्न ठूलो बुबाको घरमा भाईसँगै बस्दै आएका थिए ।

उनका भाई संस्कार कक्षा एकमा पढ्छन् ।

बाग्लुङमा विद्यालय टाढा भएपछि उनका बाबुआमाले टाँडीमा ल्याएर पढाएका हुन् ।

कक्षाकै अनुशासत विद्यार्थीका रूपमा गनिने विद्यालयका लेखापाल मधुसूदन लामिछानेले बताए ।

‘त्यो कक्षाकै सबैभन्दा अनुशासित आँखैमा राखे नबिझाउने विद्यार्थी हुन्’, उनले भने, ‘साथीसँग जन्मदिन मनाउने योजना उनको अपुरै रह्यो ।’

अन्नपुर्णपोष्टका लागि अनिल ढकालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...