यसकारण अचानक डरलाग्दो बन्यो मौसम, सचेत गराउँदै मौसम पूर्वानुमानको यस्तो सूचना



हाम्रो इकोनोमि

 

केही दिन देखि काठमाडौं उपत्यका लगायतको मौसम सफा रहेको थियो । तर आज अचानक अपरान्ह देखि सिमसिम वर्षा भइरहेको छ । कतिपय ठाउँहरुमा मेघ गर्जन सहित वर्षा भएको छ । आज बिहान मात्रैं नेपालमा भुकम्पको धक्का महसुस भएको थियो ।

 

यो सँगैं बेलुका देखि नैं पानी पर्न थालेको छ । काठमाडौं उपत्यका लगायतका जिल्लाहरुमा केही महिना देखि पश्चिमी वायुको प्रभावले मौसममा बद्ली भइरहेको छ । यो कत्ति दिनसम्म रहन्छ त्यो भन्ने अवस्था रहेको छैन । तर , विज्ञहरुका अनुसार घरबाट बाहिर निक्लनु भन्दा पहिले छाता वा अन्य कुराहरु साथमा हिड्न भनिएको छ । अब प्रि मनसुनको संकेत भएकाले मौसम बदली भइरहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

जारी मिति : चैत्र ०४ गते (सोमबार ):-बिहान ६:०० बजे

 

चैत्र ०४ गते (सोमबार):-
दिउँसोः देशका पुर्बी भूभाग र पहाडी भू -भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ। रातीः देशका पहाडी भू -भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।

 

चैत्र ०५ गते (मंगलबार):-
दिउँसोः देशका पहाडी भू -भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ। रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

चैत्र ०६ गते (बुधबार ):-
दिउँसोः देशका धेरै जसो भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पश्चिमी पहाडी क्षेत्र तथा मध्य तथा पूर्वी क्षेत्रको पहाडी भेगका थोरै स्थानहरुमामा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ। रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...