दुर्लभ दृष्य : नेपाल आउँदै र पेरिस जादै गरेका विशाल विमान आकाशमै एक आपसमा…



हाम्रो इकोनोमि

 

काठमाडौ आउदै गरेको इत्तिहाद एयरको एयरबस ए ३२० र भियतनामको राजधानी हो चि मिन्हबाट पेरिस जादै गरेको एयर फ्रान्सको बोइङ ७७७ मुम्बईको आकाशमा झन्डै जुधेका टाइम्स अफ इन्डियाले जनाएको छ। गत शुक्रबार स्थानीय समय अनुसार १–४० बजे मुम्बइको एयर ट्राफिक कन्ट्रोलले काठमाडौ आउने क्रममा रहेको इत्तिहादको जहाजलाई ३३,००० हजार फिट माथि उडाउन आदेश दियो।

 

टाइम्स अफ इन्डियाका अनुसार उचाई लिने क्रममा सो जहाज अर्को दिशाबाट आइरहेको एयर फ्रान्सको जहाजसँग आमने(सामने भएको थियो। ‘दुई जहाज तीन नटिकल माईल, अर्थात केहि सेकेण्ड मात्र एक अर्काबाट टाढा थिए,’ सो पत्रिकाले मुम्बई एयर ट्राफिक कन्ट्रोललाइ उद्धृत गर्दै लेखेको छ।

 

दुबै जहाजका पाइलटको सतर्कताका कारण मात्र जहाज हावामै ठोकिन जोगिएका थिए। भारत र पाकिस्तानका वायुसेनाबिच विवादस्पद कस्मिरमा केहि समय अघि हानाहान भएपछि पाकिस्तानले आफ्नो आकाशमा अन्तराष्ट्रिय जहाज उड्न प्रतिबन्ध लगाएको छ। सो प्रतिबन्धले गर्दा ब्यवसायिक जहाज पाकिस्तानी आकाश भएर उडेका छैनन्।

 

त्यसको सट्टा नेपाल तथा पुर्वी एसिया जाने सबै जहाजहरु हिन्द महासागर हुँदै भारतको आकाश भएर उडीरहेका छन्। त्यसले मुम्बई लगायतका केहि भारतीय सहरमाथिका आकाशमा जहाजहरुको भीडभाड भएको छ।

 

एयर कन्ट्रोल टावरलाई जहाजहरु सुरक्षित हवाईमार्गमा उडाउन कठिन परिरहेको समाचार संस्थाहरुले बताउदै आएका छन्। पाकिस्तानको आकास नखुल्दा कैंयन खाडी मुलुक र युरोपबाट नेपाल आउने जहाजहरु हिन्द महासागर हुँदै भारत छिरेर नेपाल आउने गरेका छन्। दशलाख भन्दा बढी नेपाली खाडी मुलुकहरु कतार, युएइ, साउदी अरेविया, केवेतमा काम गर्छन्। युरोप, अमेरिकाबाट नेपाल आवत जावत गर्ने धेरैजसो स्वेदशी तथा बिदेशी पनि खाडी मुलुक हुँदै नेपाल आउनेजाने गर्छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...