दुर्लभ दृष्य : नेपाल आउँदै र पेरिस जादै गरेका विशाल विमान आकाशमै एक आपसमा…



हाम्रो इकोनोमि

 

काठमाडौ आउदै गरेको इत्तिहाद एयरको एयरबस ए ३२० र भियतनामको राजधानी हो चि मिन्हबाट पेरिस जादै गरेको एयर फ्रान्सको बोइङ ७७७ मुम्बईको आकाशमा झन्डै जुधेका टाइम्स अफ इन्डियाले जनाएको छ। गत शुक्रबार स्थानीय समय अनुसार १–४० बजे मुम्बइको एयर ट्राफिक कन्ट्रोलले काठमाडौ आउने क्रममा रहेको इत्तिहादको जहाजलाई ३३,००० हजार फिट माथि उडाउन आदेश दियो।

 

टाइम्स अफ इन्डियाका अनुसार उचाई लिने क्रममा सो जहाज अर्को दिशाबाट आइरहेको एयर फ्रान्सको जहाजसँग आमने(सामने भएको थियो। ‘दुई जहाज तीन नटिकल माईल, अर्थात केहि सेकेण्ड मात्र एक अर्काबाट टाढा थिए,’ सो पत्रिकाले मुम्बई एयर ट्राफिक कन्ट्रोललाइ उद्धृत गर्दै लेखेको छ।

 

दुबै जहाजका पाइलटको सतर्कताका कारण मात्र जहाज हावामै ठोकिन जोगिएका थिए। भारत र पाकिस्तानका वायुसेनाबिच विवादस्पद कस्मिरमा केहि समय अघि हानाहान भएपछि पाकिस्तानले आफ्नो आकाशमा अन्तराष्ट्रिय जहाज उड्न प्रतिबन्ध लगाएको छ। सो प्रतिबन्धले गर्दा ब्यवसायिक जहाज पाकिस्तानी आकाश भएर उडेका छैनन्।

 

त्यसको सट्टा नेपाल तथा पुर्वी एसिया जाने सबै जहाजहरु हिन्द महासागर हुँदै भारतको आकाश भएर उडीरहेका छन्। त्यसले मुम्बई लगायतका केहि भारतीय सहरमाथिका आकाशमा जहाजहरुको भीडभाड भएको छ।

 

एयर कन्ट्रोल टावरलाई जहाजहरु सुरक्षित हवाईमार्गमा उडाउन कठिन परिरहेको समाचार संस्थाहरुले बताउदै आएका छन्। पाकिस्तानको आकास नखुल्दा कैंयन खाडी मुलुक र युरोपबाट नेपाल आउने जहाजहरु हिन्द महासागर हुँदै भारत छिरेर नेपाल आउने गरेका छन्। दशलाख भन्दा बढी नेपाली खाडी मुलुकहरु कतार, युएइ, साउदी अरेविया, केवेतमा काम गर्छन्। युरोप, अमेरिकाबाट नेपाल आवत जावत गर्ने धेरैजसो स्वेदशी तथा बिदेशी पनि खाडी मुलुक हुँदै नेपाल आउनेजाने गर्छन्।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...