भरुवा बन्दुक र गाँजासहित ५ जना पक्राउ



हाम्रो इकोनोमि

 

प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका–७ बाट अवैध भरुवा बन्दुक र गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । दीपसन भन्ने २० वर्षीय सर्गलाल प्रजाको घरबाट एक थान भरुवा बन्दु र ७८ केजी गाँजा बरामद गरिएको हो।

 

यस्तै, उनको घरबाट प्रहरीले सानो ब्याट्री तीन थान, स–साना ढुङ्गाका टुक्रा २५ वटा, १०० एमएलको आल्मुनियम बोतलमा बारुद तथा एकथान रोल पटका बरामद गरेको छ। यसैगरी, सोही स्थानका ४५ वर्षीय चन्द्रबहादुर चेपाङसहित उनको घरबाट ६१ केजी गाँजा र एकथान भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ।

 

प्रहरीले आइतबार साँझ ४५ केजी गाँजासहित थप तीनजनालाई पक्राउ गरिएको छ। डब्लुबी ०६–६३०९ नम्बरको भारतीय कारमा फ्ल्स बनाएर हेटौँडाबाट वीरगञ्जतर्फ गाँजा लैजाँदै गरेको अवस्थामा भारतको बिहारस्थित भगलपुरका ३० वर्षीय विष्णकुमार शाह, ३० वर्षीया रेणुदेवी र २८ वर्षीय अहमद गुल्जार पक्राउ परेका प्रहरीले जनाएको छ ।

 

प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौँडा–१५ स्थित रातोमाटेमा नियमित चेकजाँचको क्रममा भारतीय नम्बर प्लेटको गाडीमा डिक्कीभित्र फल्स बटम बनाएर गाँजा लुकाएर भारततर्फ लैजान लागेको अवस्थामा पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...