‘रवी लामिछानेलाई वेवारिसे लाश’ बनाइदिने वाईसिएल नेताको धम्की !



हाम्रो इकोनोमि

 

टेलिभिजन पत्रकार रवी लामिछानेले पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध टेलिभिजन कार्यक्रममा बोलेको भन्दै पूर्व माओवादी कार्यकर्ता आक्रोशित बनेका छन् ।

उनीहरुले सामाजिक सञ्जाल मार्फत लामिछानेलाई निरन्तर धम्की दिन थालेका छन् ।
पूर्वमाओवादी निकट युवा संगठन वाईसिएल नेपालका कार्यकर्ताले लामिछानेको ज्यान लिने सम्मको धम्की दिएको पाइएको छ ।

वाईसिएल नेपालका काठमाडौं जिल्लाका पूर्व अध्यक्ष समेत रहेका शिव कोइराला ज्वालाले लामिछानेको वेवारिसे लाश बनाइदिने धम्की दिएका छन् ।

‘सरकार रवि लामिछानेलाई तह लगाउने हैसियत राख । अन्यथा रवि वेवारिसे लाश हुँदा तेरो अनुसन्धान गर्ने क्षमता कमजोर छ तैलाई अवगत होला है ।’ ज्वालाले सामाजिक सञ्जालमा लेखेका छन् ।दियोपोष्टबाट

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...