प्रचण्डकि नातिनीले भनिन : घरमा श्रीमती हुदाँ हुदै अरूसंग सल्किनेले अरूकाे बारेमा के बाेल्नु



हाम्रो इकोनोमि

 

न्युज २४ नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘सिधा कुरा जनतासँग’ कार्यक्रम प्रस्तोता रवि लामिछानेका विरुद्ध पूर्वमाओवादीका नेता कार्यकर्ता तथा उनका आफन्त आक्रोसित बनेका छन्। सामाजिक संजाल फेसबुकमा रवि लामिछानेका विरुद्ध प्रचण्डकी नातिनिले समेत आक्रोस पोखेकी छन्। रवि लामिछाने तरुनीसँग बरालिएर हिड्दै गर्दा प्रचण्ड वाक स्वतन्त्रताका लागि हिडेको भन्दै मुलुक परिवर्तनको निम्ति एक चिम्टि योगदान नभएको मान्छे बाैलाह जस्तो धेरै बर्बराउन नहुने चेतावनी दिएकी छन्।

उनले भिन्न दुई स्ट्याटस लेख्दै रविलाई चारवटा श्रीमति ल्याएर आफ्नो आैकात देखाइसकेको मान्छेले अरु तिर धेरै चुरिफुरि नगर्न समेत चेतावनी दिएकी हुन्। एक दुईजनासँग मन मिलेन होला तर सबैसँग मन नमिल्नु र घरमा श्रीमति हुँदा हुँदै अर्की ल्याउनु तिम्रो नैतिकता नापेका छाै भन्दै प्रतिप्रश्न समेत गरेकी छन् ।

यस्तै, वाइसिएम अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ले समेत रवि लामिछानेलाई पत्रकारको नाममा एक ‘पेटिकोट’ लम्पट भन्दै कडा प्रतिवाद गरेका छन्। भने, वाइसिएल महासचिव सुवोध सेर्पालीले सरकारले कानुनी दायरा ल्याएर कारवाही नगरे वाइसीएलले कारबाही गर्ने चेतावनी दिएका छन्। यद्यपी लामिछानेले भने यसको प्रतिउत्तर दिदै व्यक्तिका विरुद्ध नभई प्रवृत्तिका विरुद्ध आवाज उठाएको भन्दै प्रचण्डको प्रवृत्ति ठिक नभएको दाबी गरेका छन् । सिधा कुरा जनतासँग कार्यक्रममा बोल्दै लामिछानेले आफु यस्ता घिनलाग्दा प्रवृत्तिका विरुद्ध बोल्ने र बोलेरै छाड्ने भन्दै झन कडा जवाफ फर्काएका छन् । प्रचण्डको प्रवृत्ति नै गलत भएको ठहर गर्दै लामिछानेले यसको खुलेरै प्रतिवाद गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...