मुख्यमन्त्री पौडेलको मोतिबिन्दुको शल्यक्रिया



हाम्रो इकोनोमि

 

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको आँखाको शल्यक्रिया गरिएको छ । आइतबार हेटौंडास्थित सामुदायिक आँखा अस्पतालमा डाक्टर सन्दुक रुइतले पौडेलको देब्रे आँखामा रहेको मोतिबिन्दुको शल्यक्रिया गरेका हुन् । ५ मिनेटमै उनको शल्यक्रिया सम्पन्न भएको थियो । बिहान ११ : १५ बजे शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

 

शल्यक्रियापछि आज (आइतबार) रेष्ट गरी भोलि सोमबार मात्रै आँखाको पट्टी खोलिने छ । चिकित्सकले दुई वर्षअघि नै आँखामा रहेको मोतिबिन्दुको शल्यकि्रयाका लागि सुझाब दिए पनि राजनीतिक व्यस्थतालगायत बिबिध कारणले शल्यक्रिया गर्न भ्याएका थिइनन् । मोतिबिन्दुका कारण केही समयदेखि मुख्यमन्त्री पौडेलले नियमित आँखाको परीक्षण गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...