निर्मला हत्या प्रकरण : ६ जना प्रहरीलाई धरौटीमा छाड्न आदेश



हाम्रो इकोनोमि

 

जिल्ला अदालत कञ्चनपुरले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई यातना दिएको अभियोग लागेका ६ जना प्रहरीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश राजेन्द्र कुमार आचार्यको एकल इजलासले दुई प्रहरीलाई दुई मुद्दामा र अन्यलाई एक मुद्दामा धरौटी माग्ने आदेश गरेको छ । डिएसपी ज्ञान बहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्कालाई जनही ९ लाख धरौटी माग्ने आदेश दिएको अदालत स्रोतले जनाएको छ ।

उनीहरूसँग यातनामा ५÷५ लाख र सार्वजनिक न्यायमा ४÷४ लाख धरौटी माग्ने आदेश अदालतले गरेको हो । इन्सपेक्टर जगदीश भट्टसँग ४ लाख, सई हरिसिंह धामी ३ लाख ५० हजार, रामसिंह धामी ३ लाख र प्रहरी जवान चाँदनी साउदसँग २ लाख ५० हजार धरौटी माग गर्ने आदेश गरेको छ । उनीहरुले धरौती बुझाएमा रिहा हुनेछन् भने नबुझाएमा थुनामा रहनेछन् ।

मुलुकी ऐनको नयाँ व्यवस्था अनुसार ६ जना प्रहरीहरुलाई फागुन २३ गते जिल्ला अदालत उपस्थित गराइएको थियो । एसपी डिल्लीराज विष्ट र डिएसपी अगुंर जिसी भने अदालतमा उपस्थित भएका छैनन् । उनीहरुलाई २१ दिनभित्र अदालत उपस्थित हुन म्याद थप गरिएको छ भने प्रहरीले फरारको सूचीमा पनि राखेको छ ।

निर्मला हत्या प्रकरणमा अनुसन्धानको क्रममा अभियुक्तलाई यातना दिएको र प्रमाण नष्ट गरेको भन्दै २ वटा छुट्टाछुट्टै मुद्दा गत पुस ३ गते दर्ता भएको थियो । निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा २ वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएको थियो ।

गत साउन १० गते साथीको घरमा जान्छु भनेर हिँडेकी निर्मला भोलिपल्ट ११ गते नजिकैको उखुबारीमा बलात्कार गरि हत्या गरिएको अवस्थमा भेटिएकी थिइन् । घटना भएको ८ महिना हुँदा पनि हत्यारा र बलात्कारी पक्राउ पर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...