इलामको माइपोखरीमा आगलागी, ४ घर जले



हाम्रो इकोनोमि

 

इलामको सन्दकपुर गाउँपालिका १ र ३ मा पर्ने माइपोखरी नजिकका घरमा आगलागी भएको छ।धार्मिक तथा पर्यटकीय स्थल माइपोखरी पस्ने गेट अगाडीको घरमा लागेको आगो नियन्त्रणमा आएको छैन।

 

१ बजेबाट सुरु भएको आगलागीबाट चक्र मुखियाको घर जलेको छ। उनका भाइ कमल मुखिया, लाक्पा सेर्पा र निम्दोर्जे शेर्पाको घरमा समेत आगलागी सुरु भएको स्थानीय युवराज पिसीले जानकारी दिए।

 

धार्मिक तथा नजिकै रहेको वनमा समेत आगलागी सुरु भइसकेको स्थानीय दिनेश सुवेदीले बताएका छन्। स्थानीय र शुरक्षाकर्मीले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्।

यता इलाम नगरपालिकाको दमकल आगलागी भएको स्थानमा पुगेको इलाम नगरपालिकका प्रशासकीय अधिकृत रामकुमार शाहले बताए। इलाम सदरमुकामबाट दमकलसहित प्रहरी र नेपाली सेना घटनास्थलमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...