प्रहरी चढेको गाडीमा एम्बुलेन्स ठाेकिँदा ४ जना गम्भीर घाइते



हाम्रो इकोनोमि

 

नवलपुरको कावासोतीमा प्रहरी चढेको गाडीलाई एम्बुलेन्सले ठक्कर दिँदा ४ जना घाइते भएका छन् । कावासोती १६ को चालिसकिलो जंगल नजिकै लु १ च ७४२५ नम्बरको बिरामी बोकेको नेपाल रेडक्रस उपशाखा अरुणखोलाद्वारा सञ्चालित एम्बुलेन्सले प्रहरी चढेको बा २ झ १४६५ नम्बरको गाडीलाई ठक्कर दिँदा एम्बुलेन्समा सवार बिरामीसहित ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

 

दुर्घटनामा घाइते हुनेमा मध्यविन्दू १० बस्ने ४८ बर्षिय आनन्द जैसी, ७४ बर्षिय मान कुमारी जैसी, ८१ बर्षिय दुलनाथ जैसी र एम्बुलेन्स चालक ५१ बर्षि खुमाकान्त न्यौपाने रहेका छन् ।

 

घाइतेहरुको अवस्था गम्भीर रहेको र कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको प्रहरी चढेको गाडीलाई तीब्र गतिमा रहेको एम्बुलेन्सले पछाडी पट्टिको भागमा ठक्कर दिई आफै अनियन्त्रित भएर पल्टिएको प्रहरीको भनाई छ । एम्बुलेन्स सडकबाट १० मिटर तल पल्टिएको छ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...