प्रहरी चढेको गाडीमा एम्बुलेन्स ठाेकिँदा ४ जना गम्भीर घाइते



हाम्रो इकोनोमि

 

नवलपुरको कावासोतीमा प्रहरी चढेको गाडीलाई एम्बुलेन्सले ठक्कर दिँदा ४ जना घाइते भएका छन् । कावासोती १६ को चालिसकिलो जंगल नजिकै लु १ च ७४२५ नम्बरको बिरामी बोकेको नेपाल रेडक्रस उपशाखा अरुणखोलाद्वारा सञ्चालित एम्बुलेन्सले प्रहरी चढेको बा २ झ १४६५ नम्बरको गाडीलाई ठक्कर दिँदा एम्बुलेन्समा सवार बिरामीसहित ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

 

दुर्घटनामा घाइते हुनेमा मध्यविन्दू १० बस्ने ४८ बर्षिय आनन्द जैसी, ७४ बर्षिय मान कुमारी जैसी, ८१ बर्षिय दुलनाथ जैसी र एम्बुलेन्स चालक ५१ बर्षि खुमाकान्त न्यौपाने रहेका छन् ।

 

घाइतेहरुको अवस्था गम्भीर रहेको र कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको प्रहरी चढेको गाडीलाई तीब्र गतिमा रहेको एम्बुलेन्सले पछाडी पट्टिको भागमा ठक्कर दिई आफै अनियन्त्रित भएर पल्टिएको प्रहरीको भनाई छ । एम्बुलेन्स सडकबाट १० मिटर तल पल्टिएको छ।

प्रतिक्रिया दिनुहोस
पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...