छातीको एक्सरे गर्न आएकी युवतीलाई डाक्टरले अरु नै गरेपछि



हाम्रो इकोनोमि

 

छातीको एक्सरे गर्न आएकी युवतीलाई कोठामा लगेर ‘अर्थोकै’ गरेको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । पाल्हीनन्दन गाउँपालिका–४ लोहरौलीमा एक्सरे प्याथोलोजी क्लिनिकका सञ्चालक २४ वर्षीय अमृश यादवले १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् । दुर्व्यवहार आरोपमा पक्राउ परेका यादव रामग्राम नगरपालिका–९ का हुन् । केही समयदेखि यादवले लोहरौलीमा क्लिनिक सञ्चालन गर्दै आएका छन् ।

 

दुर्व्यवहार गरेको भन्दै स्थानीयले क्लिनिकमा तोडफोड गरेका छन् । आक्रोाशित स्थानीयवासीले प्रहरीको गाडीमा समेत तोडफोड गरेका छन् । तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

 

ल्याव असिस्टेण्ट समेत रहेका निजी क्लिनिक सञ्चालक यादवले छातीको एक्सरे गर्ने भन्दै कोठाभित्र लगेर यौन दुव्र्यवहार गरेको पीडित पक्ष र प्रहरीको आरोप छ । दुर्व्यवहारमा पर्ने किशोरी भने भारतीय हुन् । छाती दुखेपछि भारतीय स्वास्थ्यकर्मीको सल्लाहमा एक्सरे गर्न किशोरी बुवासहित क्लिनिकमा पुगेकी थिइन् । भारतीय सीमा क्षेत्रको बर्गदवामा एक्सरे सेवा उपलव्ध छैन । जसकारण त्यस क्षेत्रका भारतीय बिरामीहरु सीमावर्ती नेपालका स्वास्थ्य संस्था र क्लिनिकहरुमा आउने गरेका छन् ।

 

प्रहरीका अनुसार भारतको सीमावर्ती बजार बर्गदवाबाट बुवासँग आएकी किशोरीलाई एक्सरेका लागि छातीको कपडा खोल्न लगाएका थिए । यादवले किशोरीका बाबुलाई बाहिर राखेर एक्सरे कक्ष बन्द गरेका थिए । छातीको कपडा र अन्य कपडा खोल्ने प्रयास गर्दै अन्य संवेदनशील अंगमा हात लग्न थालेपछि किशोरी चिच्चाउँदै एक्सरे कक्षबाट बाहिर आएको उनलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ ।

 

दुर्व्यवहारपछि आरोपितलाई मोसो दल्ने तयारीमा रहेका स्थानीय र प्रहरीबीच भनाभन भएको थियो । त्यस क्रममा स्थानीयले प्रहरी चढेको बा १ झ ६४४५ नम्बरको गाडी समेत तोडफोड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...