दिदी, बन्दुक थन्किएसँगै विद्रोह सकियो ?



हाम्रो इकोनोमि

दिदी, आफ्नै आँखाले देख्न त पाएन
तिमीले बन्दुक पड्काएको
त्यतिबेला पत्रपत्रिकामा तिम्रो नाम पढ्न पाइन्थ्यो
तस्वीर देख्न पाइन्थ्यो

-सुनिता मैनाली-

आमाको नाडीको रातो चुराभन्दा
तिम्रा हातमा लठ्ठिएका राइफलले उत्तेजित हुन्थेँ म
कति दिनदेखिकोे भोको पेटमा मुक्तिको सपना तिमीले फाँको मार्दै गर्दा
म भने टेलिभिजनको पर्दामा सुन्दरी प्रतियोगिता हेर्थें
तर, चित्त बुझ्दैनथ्यो र संसारकै सुन्दर आकृति तिम्रै लाग्थ्यो
त्यतिबेला कुसंस्कार र विकृती बिरुद्ध धावा बोल्ने तिम्रो विचार
साँच्चै पुँजीवादले भित्र्याएको संसारकै महंगो कस्मेटिक्स भन्दा उत्कृष्ट थियो
त्यसैले, तिमी धपधप बलेको देख्थेँ
तिमीले धर्ती कम्पाउँदै हलोको मियो समातेको दिन
योगमाया र पारिजातको सुन्दर साहस तिमीमै देख्थेँ
आफू समान छु भन्ने पुष्टी गर्न
पीठ्युँमा मातृत्वको प्रमाणलाई सम्हाल्दै गर्दा
तिमी भित्रर्क विद्रोही रक्तसञ्चारले आश्चर्य मानेको थियो

तर, के सोच्यौ अनि के भयो आज ?
बन्दुक थन्किएसँगै विद्रोह सकियो ?
तिमीले देखेका सपना लटरम्मै फले ?
किन चुरा र पोतेले तिम्रो रक्तसञ्चार कैद गर्दैछ ?
सिन्दुरले किन दास युगतिरै झुकाउँदै छ तिमीलाई ?
हिजो धपधपी बलेको मुहारमा आज बजारिया कृत्रिम औजारहरुले
सिध्याउनै आँटेको छ
तिमी आफै पछि फर्कियौ
वा, कसैले त्यही भान्छामा थन्किन फर्कायो दिदी ?
जसलाई तोडेर स्वतन्त्रताको मसाल बोकेकी थियौ
तिमीसँगै यात्रा गरेका जीवन साथी सत्ताको कुर्सीमा टाँसिदा
तिमी चाहिँ आफैलाई निच देखाउने पितृसत्ताको कुर्सीले पिसिएकी छौ
खोइ कसरी थोरै थोरै संचिएको परिवर्तनलाई प्रतिक्रान्तिले निल्यो
तिम्रैै जमात भित्रको हेपाहा संस्कारले निल्यो

जन्जिरहरु तोडिनु पर्छ, अनि स्वतन्त्र उड्न सक्छौ
तिमी, म, उनी सबै सँगसँगै उड्न सक्छौँ
हाम्रो वर्तमान र भविष्य दुबै उड्नेछ
आफ्नै परिचयमा स्वतन्त्र उड्नेछ
फेरि एकपटक नफर्कने गरी त्यो जन्जिर तोड दिदी !
हामी सँगसँगै यात्रा गरौंला
आफ्नै अस्तित्वको आविश्कार गरौंला ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...