सडकमा बेच्न राखिएको जडीबुटी खाँंदा एकको मृत्यु, पाँच जना बेहोश



हाम्रो इकोनोमि

 जिउ दुखेको निको हुने भन्दै जडीबुटी खाँदा धनकुटामा एक जनाको ज्यान गएको छ । परिवारका अन्य पाँच सदस्य बेहोश भएका छन् ।

सडकमा बिक्रीका लागि राखिएको जडीबुटी खाँदा धनकुटा नगरपालिका–९ बेलहराका ६३ वर्षीय माधव प्रधानको मृत्यु भएको हो ।

२७ फागुनको बेलुकी जडीबुटी खाएका सबै बेहोश भएपछि विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगिएको थियो । प्रधानको आज बिहान मृत्यु भएको र अन्य सदस्यको उपचार भइरहेको प्रहरीले बताएको छ ।

बिरामी हुनेमा श्रीमती नरमाया प्रधान (६१), छोरी कविता प्रधान (३१), ज्वाई दिपक प्रधान (३१), नाती कुशल प्रधान (११) र छोरी सीमा प्रधान (३७) रहेका छन् ।

उनीहरुले भेडेटारस्थित पाथिभरा मन्दिर नजिकै बेच्न राखिएको जडिबुटी खाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निरीक्षक सुरज खड्काले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...