यूएस–बङ्ला विमान दुर्घटनाको एक वर्ष, के थियो कारण ?



हाम्रो इकोनोमि

बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको यूएस–बङ्ला एयरलाइन्सको बम्बार्डियर क्यू–४०० विमान दुर्घटना भएको एक वर्ष पूरा भएको छ ।

२०७४ फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा ५१ जनाको ज्यान गएको थियो ।

चालक दलका चार सदस्यसहित ७१ जना सवार विमान दुर्घटनामा परेर २२ नेपाली, २८ बंगाली र एक चिनियाँ नागरिकको मृत्यु भएको थियो । दुर्घटनामा परेका नेपाली मध्ये अधिकांश बंगलादेशमा मेडिकल अध्ययन गर्न गएका विद्यार्थी थिए ।

दुर्घटनाको बाह्र दिनपछि विमानका प्रमुख चालक क्याप्टेन अविद सुल्तानकी श्रीमती अफ्साना खानमको उपचारको क्रममा ढाकामा मृत्यु भएको थियो । दुर्घटनाको खबर सुनेपछि विरामी परेकी उनको न्यासनल इन्स्टिच्यूट अफ न्यूरो साइन्सेज अस्पतालमा उपचार चलिरहेको थियो ।

‘क्याप्टेन तनावग्रस्त र थकित’

दुर्घटनाको छानविन गर्न गठित आयोगले भएका झण्डै एक वर्षपछि प्रतिवेदन बुझाएको छ । पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा गठित छ सदस्यीय आयोगले विमानका क्याप्टेन सुल्तान मानसिक रुपमा एकदमै तनावग्रस्त र थकित रहेको निश्कर्ष निकालेको छ ।

आफैले प्रशिक्षित गरेका एक जना सहचालकले उनलाई ‘दक्ष उडान प्रशिक्षक नभएको’ भनेपछि ५२ वर्षीय सुल्तान तनावमा परेको प्रतिवेदनमा उल्लेख छ ।

आयोगले गत माघमा सरकारलाई बुझाएको प्रतिवेदनअनुसार क्याप्टेन सुल्तान उडानका बेलामा पनि अनावश्यक, गैर–व्यावसायिक र लामो संवाद गरिरहेका थिए । समितिका एक सदस्यका अनुसार उनी उडानका बेलामा निकै हतास र अस्थिर मानसिकतामा देखिएको अनुमान लगाउन सकिन्छ ।

चालक दलका सदस्यहरूले रक्सी वा अन्य नशालु पदार्थ सेवन गरेको भने नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

दुर्घटनामा विमानस्थलस्थित एअर ट्राफिक कन्ट्रोलर (एटीसी) को पनि कमजोरी देखिएको आयोगको ठहर छ । एटीसी र चालक दलबीच ‘०२ रनवे’ कि ‘२० रनवे’ प्रयोगसम्बन्धी संवादमा द्विविधा देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

एटीसीले चालक दललाई विमानको वास्तविक अवस्थिति बताउन असफल हुनु, एटीसी र चालक दलबीच प्रस्ट संवाद हुन नसक्नु जस्ता कारण प्रतिवेदनमा औंल्याइएको छ ।

आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण र बंगलादेश नागरिक उड्डयन प्राधिकरणलाई दुई/दुई र सञ्चालकलाई ११ वटा सुझाव दिएको छ । जसमा लाइसेन्स नवीकरण गर्नुअघि पाइलटको मानसिक तथा शारीरिक परीक्षण हुनुपर्ने, एटीसीको क्षमता वृद्धि गर्नुपर्ने, चालक दल व्यवस्थापन प्रभावकारी बनाउनुपर्नेलगायत छन् ।

प्रतिक्रिया दिनुहोस
९९ केन्द्रीय सदस्यका लागि रास्वपाको ३८४ जना उम्मेदवार

    रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन...

रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई...

असार २० गतेसम्म कांग्रेसको क्रियाशील सदस्य नवीकरण गर्न पाईने

    नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिकको लागि नयाँ कार्यतालिका ल्याएको...

रास्वपाको सभापतिमा लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्...