सांसद शान्ता चौधरी कार्यक्रमस्थलमै बेहोस, अस्पताल भर्ना



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक तथा संघीय सांसद शान्ता चौधरी अचानक बेहोस भएपछि अस्पतालमा भर्ना भएकी छन् ।

मंगलबार बिहान तुलसीपुरस्थित सरकारी वकीलको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गरेको केही समयपछि उनी बेहोस भएको जनाइएको छ ।

हाल उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको चौधरीका स्वकीय सचिव सन्तोष दहितले जानकारी दिएका छन् । दहितले भने, ‘अझैं रिपोर्ट आएको छैन, तर अहिले उहाँ बोल्न थाल्नु भएको छ ।’

सरकारी वकिलकै कार्यालयमा बेहोस भए लगतै चौधरीलाई तत्कालै नजिकैको राप्ती प्रादेशिक अस्पतलमा पुर्‍याइएको थियो । चौधरीलाई इमरजेन्सी वार्डको ७ नम्बर बेडमा राखेर उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...