स्वास्थ्यमा नयाँ संरचना : एक महानिर्देशक, ६ उपमहानिर्देशकसहित १९५ दरबन्दी



हाम्रो इकोनोमि

 

विगतमा बनाइएका स्वास्थ्य संरचनामा समस्या आएपछि मन्त्रालयले पुनः नयाँ संरचना निर्माणको काम अगाडि बढाएको छ ।

मन्त्रालयको संगठन संरचनासहित यो पटक स्वास्थ्यमा अन्तर्राष्ट्रिय अभ्यासअनुरुपको ‘राष्ट्रिय रोग रोकथाम तथा नियन्त्रण केन्द्र’ बनाउने प्रस्ताव समेत गरिएको छ । अघिल्लो पटक संरचना बनाउँदा उक्त केन्द्र बनाउने तयारी अघि बढाइएको थियो । तर, स्वास्थ्यकै केही कर्मचारीको दबाबका कारण एकीकृत राष्ट्रिय रोग नियन्त्रण केन्द्र निर्माणको काम रोकिएको थियो ।

कर्मचारीकै दबाबमा पूरानै संरचनाअनुसार ठूला र भद्दा संरचना बनाउने काम भएको थियो । मन्त्रालयले अहिले बनाएको नयाँ संचनामा पुनः विगतकैझैं शक्तिशाली राष्ट्रिय रोग रोकथाम तथा नियन्त्रण केन्द्र’ बनाउने प्रस्ताव गरिएको छ । १२ औं तहका महानिर्देशक रहने उक्त केन्द्रमा ६ जना उपमहानिर्देशक रहने प्रस्ताव छ ।

विभाग खारेज, ३१ वटा दरबन्दी कम हुँदै
नयाँ संरचना अनुसार हाल रहेको स्वास्थ्य सेवा विभाग खारेज गरेर यो नयाँ केन्द्र बनाउन लागिएको हो । यो केन्द्रमा हाल रहेका विभिन्न महाशाखा र अन्य केन्द्रहरु मर्ज भएर आउने जनाइएको छ ।

रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना भएपछि साविकको स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, राष्ट्रिय क्षयरोग केन्द्र, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र खारेज हुनेछन् ।

साविक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नाम ‘शुक्रराज ट्रपिकल, सरुवा रोग तथा अनुसन्धान अस्पताल’ हुनेछ । शुक्रराज ट्रपिकल, सरुवा रोग तथा अनुसन्धान अस्पताल र स्वास्थ्य तथा कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र दुबैलाई राष्ट्रिय रोग रोकथाम तथा नियन्त्रण केन्द्र अन्तर्गतराखी रोग अनुसन्धान कार्यलाई विस्तार गर्ने प्रस्ताव गरिएको छ ।

हाल स्वास्थ्य सेवा विभागको १२१ जना, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रको १६ जना, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र १८ जना, राष्ट्रिय क्षयरोग केन्द्रको ३३ जना, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको ३३ जना र परिवार कल्याण केन्द्र क्षेत्रपाटीको २३ जना गरी जम्मा २२६ जना दरबन्दी छ ।

नयाँ संगठन बनेपछि उक्त संख्या घटाएर १९५ बनाइएको छ । प्रस्ताव अनुसार उक्त केन्द्रमा विभिन्न ६६ पदमा १९५ दरवन्दी रहने जनाइएको छ ।

६ महाशाखा प्रस्ताव
नयाँ संरचना अनुसार ‘राष्ट्रिय रोग रोकथाम तथा नियन्त्रण केन्द्र’ मा ६ वटा महाशाखा रहने जनाइएको छ । यी हुन् प्रस्तावित ६ महाशाखा :
१) नसर्ने रोग नियन्त्रण महाशाखा
२) सक्रामकरोग नियन्त्रण महाशाखा
३) एचआईभी–एड्स, कुष्ठ तथा यौनरोग नियन्त्र णमहाशाखा
४) क्षयरोग नियन्त्रण महाशाखा
५)स्वास्थ्य तथा बायोमेडिकल तालिम महाशाखा
६)स्वास्थ्य प्रबर्धन तथा सञ्चार महाशाखा

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...