कुकुरलाई ३ भोटले पछि पार्दै बाख्रो मेयर बनेपछि…



हाम्रो इकोनोमि
 अमेरिकामा कुकुरलाई ३ भोटले पछि पार्दै बाख्रो मेयर बनेकाे छ । बरमोन्टस्थित सानो सहरमा फेयर हेवनमा लिंकन नामको बाख्रोलाई मेयर बनाइएको छ। लिकंन आफ्नो निकटतम प्रतिद्वन्द्वी सैम्मी नामको कुकुरलाई तीन भोटले पछि पार्दै मेयर बनेको हो । मेयरका लागि कुकुर बिरालोलगायतका अन्य १५ जनावर पनि उम्मेदवार बनाइएका थिए।

लिंकनले १३ भोट पाए भने सैम्मीले १० भोट पाएको थियो । अन्तराष्ट्रिय सञ्चारमाध्यमको अनुसार लिंकनलाई टाउन मिटिङ डेको अवसरमा मेयर बनाइएको हो। टाउन म्यानेजको अनुसार एक वर्षका लागि लिंकनले मेयरको पदभार पनि सम्हालिसकेको छ।

यस भन्दा अघि फेयर हेवनमा मेयर निर्वाचित हुने प्रावधान थिएन । तर टाउन म्यानेजका रूपमा जोसेफ गन्टर कार्यरत छन् । उनले मेयरले जस्तै काम गर्छन् । टाउन म्यानेजले लिंकन एक स्कूल शिक्षकको बाख्रो भएको पनि बताए । उक्त बाख्रो ३ वर्ष उमेरको रहेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...