पत्नीको उपचारका लागि अमेरिका जाँदै प्रचण्ड, फेरि के भयो सीता दाहाललाई ?



हाम्रो इकोनोमि

 नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जाने भएका छन् ।

फाइल फोटो

लामो समयदेखि अस्वस्थ सीताको उपचारका लागि चैत ४ गते प्रचण्ड अमेरिका जान लागेका हुन् । उनको साथमा छोरी गंगा दाहाल पनि अमेरिका जाने जनाइएको छ ।

वासिङटन डिसीस्थित नेपाली दूतावास स्रोतकाअनुसार सीताको उपचार वाल्टिमोरस्थित जोन हप्किन्स अस्पतालमा हुनेछ । प्रचण्ड करिव ११ वर्षपछि अमेरिकाको भ्रमणमा जाँदैछन् ।

यसअघि सीताको उपचार वैंकक र सिङ्गापुरमा भए पनि त्यहाँ ठिक हुन नसकेपछि अमेरिका लैजाने तयारी भएको जनाइएको छ । छोरा प्रकाश दाहालको निधनपछि उनको स्वास्थ्य अवस्था झन् कमजोर बनेको पारिवारिक स्रोत बताउँछ ।

भेनेजुयला प्रकरणअघि नै प्रचण्ड अमेरिका जाने तयारी भए पनि व्यस्तताका कारण उनको भ्रमण हुन पछि सरेको थियो । भेनेजुयला प्रकरणपछि कतिपयले उनलाई अमेरिका नजान सुझाव दिए पनि अन्ततः प्रचण्ड अमेरिका जाने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...