के हो माइग्रेन ? कसरी जोगिने माइग्रेन हुनबाट ?



हाम्रो इकोनोमि

 

माइग्रेन एक टाउको दुख्ने समस्या हो। माइग्रेनबाट विश्वरका अधिकांश मानिस पीडित छन्। त्यसैले यसलाई साझा रोगको रुपमा लिइन्छ। जुनसुकै उमेरमा माइग्रेन हुनसक्छ। पुरुषको तुलनामा महिला वढी पीडित भएको पाइन्छ। सामान्यतया महिलामा भइरहने हर्मोनल परिवर्तनका कारण यस्तो भएको अनुमान गरिन्छ।

माइग्रेन हुने खास कारण छैन। यद्यपी कसैमा अत्यधिक तनावका कारण माइग्रेन हुन सक्छ। घाममा धेरै समय विताएमा कसै कसैमा माइग्रेन भएको पाइन्छ।

लामो समयसम्म भोकै बस्ने, राती काम गर्ने, तनावयुक्त काम गर्ने मानिसमा पनि माइग्रेनको समस्या वढी भएको पाइन्छ। यसका लक्षण व्यक्ति अनुसार फरक फरक हुन्छ। प्रायः टाउको एकातिर मात्रै बेसरी दुखिरहन्छ। कतिपयको दुबैतिर पनि दुख्ने गर्छ।

वाकवाकी लाग्ने, बान्ता हुने, हातखुट्टा दुख्ने, घाममा बस्न नसक्ने, निन्द्रा नलाग्ने, चिड्चिडापन हुने लगायत माइग्रेनका लक्षण हुन्। माइग्रेनको उपचार गर्न खास उपचार पद्धति छैन। त्यसैले माइग्रेन बल्झिएमा चिकित्सकको निगरानीमा रहेर दुखाई कम गर्ने कडाखालका औषधि प्रयोग गर्न सकिन्छ।

शान्त ठाउँमा बस्ने, एक्सरसाईज गर्ने, जोखिमयुक्त काम नगर्ने गर्दा पनि माइग्रेनको समस्याबाट बच्न सकिन्छ। कतिपयमा आँखामा समस्या पिनास आदि कारणले पनि माइग्रेन हुने भएकाले यस्ता समस्याबाट बच्नुपर्छ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...