रेस्टुराँको आवरणमा भित्रै चाँहि अर्कै धन्दा



हाम्रो इकोनोमि

 

 केही रेस्टुराँमा डर, त्रास देखाएर किशोरीहरूलाई जवरजस्ती यौनधन्दामा लगाइएको आरोप लगाइएको छ ।

विराटनगर महानगरपालिका क्षेत्रका सञ्चालित रेस्टुराँ सञ्चालकहरूले नै जबरजस्ती डर– त्रास देखाएर काम गर्ने किशोरीहरूलाई यौनधन्दामा लगाउने बताइन्छ । यहाँसम्मकी यस्ता रेष्टुरेन्टले सामुहिक यौन कर्म गर्न वाध्य पार्ने गरेको समेत खुलेको छ ।

पहाडी जिल्लाहरूबाट रोजगारीका लागि आएका किशोरीहरूलाई रेस्टुराँमा काममा लगाउने बहानामा यौनधन्दामा धकेल्ने गरिएको पीडितहरूले बताएका छन् । विराटनगरको एक रेस्टुराँका सञ्चालिकाहरूलाई काम गर्ने किशोरीहरूलाई जबरजस्ती डर त्रास देखाएर अवैध यौनधन्दामा लगाएको अभियोगमा मोरङ प्रहरीले पक्राउ समेत गरेको छ ।

विराटनगर– ९, रोडशेष चौकस्थित एक रेस्टुराँ सञ्चालिकालाई गत आइतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकी एक सञ्चालिकाले किशोरी ल्याई दिने र अर्कीले यौनधन्दामा लगाउने गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी कृष्ण खड्काका अनुसार विभिन्न जिल्लाबाट आएका युवतीहरूलाई रेस्टुराँका ग्राहकहरूसँग जबरजस्ती यौनसम्पर्क गर्न बाध्य तुल्याइएको पाइएको छ ।

‘पक्राउ परेकी सञ्चालिकाले आफ्नो रेस्टुराँमा काम गर्ने ३ जना किशोरीलाई लामो समयदेखि अवैध धन्दामा लगाउँदै आएको खुलेको छ,’ डिएसपी खड्काले भने, ‘किशोरीहरूको इच्छाविपरीत रेस्टुराँ सञ्चालिकाले विगत ४–५ महिनादेखि उनीहरूलाई उक्त काममा धकेलेको पाइएको छ ।’

रेस्टुराँ सञ्चालिकाले एक जना ग्राहकसँग ४ हजार देखि १० हजार रुपैयाँसम्म लिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘पक्राउ परेकी सञ्चालिकाले रेस्टुराँमा समेत अवैध यौनधन्दा चलाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ डिएसपी खड्काले भने, ‘रेस्टुराँमा काम गर्ने किशोरीहरूलाई ग्राहकसँग अन्यन्त्र पनि पठाइएको पाइएको छ ।’

इच्छाविपरीत अवैध यौनधन्दामा लगाएको भन्दै सोही रेस्टुराँमा काम गर्दै आएका तीन जना किशोरीले जिल्ला प्रहरी कार्यालय मोरङमा दिएको जाहेरीका आधारमा प्रहरीले होटल सञ्चालिकाहरूलाई पक्राउ गरेको हो । रेस्टुराँमा अवैध यौनधन्दा भएको पाइएपछि अन्य होटल, रेस्टुराँहरूमा पनि प्रहरीले निगरानी बढाएको छ ।

प्रहरीले पक्राउ गरेका रेस्टुराँ सञ्चालिकाहरूलाई मानव बेचविखन तथा ओसारपसार ऐन–२०६४ बमोजिम जिल्ला अदालत मोरङबाट आइतबार नै म्याद थप गरी थप अनुसन्धान गर्दै आएको मोरङ प्रहरीले जनाएको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस
सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...