निर्मला पन्तको पोस्टर च्यात्ने प्रहरीले सिके राउतका देश टुक्र्याउँछु भन्ने झण्डा किन देखेन !



हाम्रो इकोनोमि

 

अन्तर्राष्ट्रिय जगतमा नराम्रो सन्देश जान्छ भन्दै निर्मला पन्तको पोस्टर च्यात्ने प्रहरीले आज देशनै टुक्रा–टुक्रा पार्छु भन्ने विखण्डनकरी सिके राउतका कार्यकर्ताको हर्कत प्रति मुगदर्शक बनेको देख्दा कतै विखण्डनकरीको संरक्षण सरकारले नै त गरिरहेको छैन भन्ने प्रश्न मनमा उब्जिएको छ ।

निर्मला पन्तको पोस्टर च्यात्दै हिड्ने हाम्रा देशका महानराष्ट्र सेवक हो देशको स्वाभिमान नै टुक्राटुक्रा हुने गरि गरिएको यो नाङ्गो नाचले चै अन्तर्राष्ट्रिय रूपमा मुलुकको शिर कति उचो बनायो होला ? निर्मलाको पोस्टर च्यातेर अन्तर्राष्ट्रिय जगतमा नराम्रो सन्देश जानबाट रोक्ने बहादुर देशभक्त जवान हो तिम्रा आँखा अगाडि महान बैज्ञानिकका चेलाहरुले स्वतन्त्र मधेसका झण्डा र ब्यानर सहित उत्सब मनाईरहदा अखण्ड नेपालको सार्वभौम कति बलियो र उचो भयो ?

देशलाई विखण्डन र पृथकताबादि हर्कत गरिरहेका सिके राउत यदि गल्तिको प्रायश्चित गर्दै माटोको कसम खादै लोकतान्त्रिक मुलधारमा आए भन्ने खबरले हौसिएका हामी र प्रधानमन्त्रीको राजनीनैतिक सफ़लता ठान्ने म जस्ता लाखौंलाख जनताहरु जव ११ बुँधे सहमति पश्चात सतहमा देखिएका आ–आफ्नै अनुकुल व्याख्या र विशेषतः सिके राउतको सामाजिक संजालमा आएको अभिव्यक्ति र उनका चेलाहरुले गरेका हर्कतहरुले कुन नेपालीको स्वाभिमानमा ठेस नपुग्दा ?

ठोकेर , पेलेर वा बन्दुकले समस्याको साबधान निकाल्न खोज्नु भन्दा सहमति र सहकार्य हजारौं गुणा फलदायी हो भन्दै सकारात्मक परिणामको लागि अदालतसंगको आपसी समझदारीलाई पनि प्रधानमन्त्री कार्यकुशल भन्दै प्रसंशा गरिएको एक दिन बित्न नपाउदै मधेसका आकाशबाट काला बादलहरु ठेलमठेल गर्दै स्वाभिमानी नेपाली र नेपाल आमाको आस्थालाई चिथोर्न लागिपरेका छन तरपनी दुई तिहार सरकार सहमति विपरित गरिएका क्रियाकलापको मुख दर्शक बन्दै उल्टो सुरक्षाको खातिर सुरक्षाकर्मी तैनाथ गर्छ।

आबश्यक परे मन्त्री पनि बनाउन सकिन्छ भन्दै प्रधानमन्त्री आफ्नै नेताको उछितो काट्न समय खर्चिछन अनि हनुमानहरु भिम रावलले पद नपाएर भुकेको हो भन्दै ओलिभक्ती गाइरहन्छन । भारतीय नाकाबन्दीबाट उदाएका केपि कुन्नी के ‘ जातीलाई घ्यु पच्दैन भने झै सिके काण्डबाट अस्ताउन चाहेका हुन त ? विकास र समृद्धिको नारा घन्काएर जनतालाई तरङ्गित पारेका के पि काकाले के सिके राउतलाइ समाजवादको वैज्ञानिक पाइलट बनाउन मुलुकको अस्मितामाथी धाबा बोल्ने छुट दिएका हुन ?

के स्वाभिमान रातारात चिथोरिएको हो त ? के मुलुक र माटो भन्दा आफु र आफ्नो पद बलियो ठान्ने प्रधानमन्त्री के पिको अहंकारले स्वतन्त्र मधेसको झण्डा र ब्यानरलाई पनि सुर्य अन्कित लाल झण्डा देख्यो ? ११ बुदे सहमतिले हौसिएका सिकेहरुलाई बेलैमा लगाम नलगाउने हो र उनिहरुकै शब्दमा भने झै सरकारले जनमत संग्रह गर्न आन्तरिक सहमती गरेको हो भने यो भन्दा ठूलो देशद्रोह के हुन सक्ला ? शान्तिपूर्ण आन्दोलन गर्ने चेलीबेटी , बिद्यार्थी , नागरिक समाज र शिक्षकमाथी दमन गर्न उत्साहित हुने देशभक्ति जागिरेहरु हो के तिम्रो हिम्मत मक्किएको हो वा बाधिएको हो कि ? किन टुलुटुलु हेरिरहेका छौ ?

केही पैसा र सुबिधाको लागि त बफादार हुने हाम्रा नेपाली दाजुभाइहरु चाहे भारतमा होस वा सिङ्गापुरमा होस वा बेलायतमा होस उनिहरु बैरीमाथी जाईलाग्छन भने यो त हाम्रै भुमी हो हाम्रै जननी हो हाम्रै माटो हो ‘ नेपाल आमाप्रती गद्दार गर्न बोकिएका ब्यानर र झण्डा खोसेर किन लाठी र बुट बजार्न कामिरहेका छौ ? देशकै अस्मितामाथी धावा बोल्ने माथी सुरक्षा हैन जिब्रो काटिदेउ हात भाचिदेउ र भनिदेउ – जननी हाम्री आमा हुन । कसैले गिद्दे नजर नलगाउनु । एक नारायण पौडेल भमनपा बाड न १३ चितवन।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...