फलफूल बाड्दै स्व.रबिन्द्रका छोराले भने, ‘सहयोग गर्दा ‘माथि’ बाबा पनि खुसी हुनुभयो होला’



हाम्रो इकोनोमि

 

आइतबार संस्कृति तथा नागरिक उड्डयनमन्त्री स्व. रबिन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएको १२ औँ दिन पूरा भएको छ ।

१२ औँ दिनको अवसरमा स्व. अधिकारीका कान्छा छोरा स्वराजले पोखरा– १७ विरौटामा रहेको श्रमिक वालवालिका सम्पर्क केन्द्रलाई नगद पाँच हजार सहयोग गरेका छन् । साथै स्वराजले नगदसहित फलफुल समेत आफ्नै हातले त्यहाँ रहेका बालबालिकालाई बाडेका थिए ।

बाबुको निधनपछि आफ्ना काका र फुपुको साथमा त्यहाँ पुगेका रबिन्द्रका कान्छा छोरा स्वराजले बाबुको फोटोको देख्ने वित्तिकै दर्शन गरे। ‘सबैलाई नमस्कार म स्वराज’ उनले भने। बाबाको आत्माले शान्ति पाओस भनेर आफुले सहयोग गरेको उनले बताए।

‘बाबाले सहयोगी बन्नुपर्छ है भन्नुहुन्थ्यो,’ स्वराजले भने, ‘आज मैले बाबाको आत्माले नै शान्ति पाओस भनेर यहाँ सहयोग गरेको हुँ। आज मैले सहयोग गर्दामाथि बाबा पनि खुसी हुनुभयो होला।’

बाबालाई यसरी सहयोग गरेको मन पर्ने भन्दै उनले बाबाले भनेको कुरा र गरेको कुरा आफुले पनि गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...