फलफूल बाड्दै स्व.रबिन्द्रका छोराले भने, ‘सहयोग गर्दा ‘माथि’ बाबा पनि खुसी हुनुभयो होला’



हाम्रो इकोनोमि

 

आइतबार संस्कृति तथा नागरिक उड्डयनमन्त्री स्व. रबिन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएको १२ औँ दिन पूरा भएको छ ।

१२ औँ दिनको अवसरमा स्व. अधिकारीका कान्छा छोरा स्वराजले पोखरा– १७ विरौटामा रहेको श्रमिक वालवालिका सम्पर्क केन्द्रलाई नगद पाँच हजार सहयोग गरेका छन् । साथै स्वराजले नगदसहित फलफुल समेत आफ्नै हातले त्यहाँ रहेका बालबालिकालाई बाडेका थिए ।

बाबुको निधनपछि आफ्ना काका र फुपुको साथमा त्यहाँ पुगेका रबिन्द्रका कान्छा छोरा स्वराजले बाबुको फोटोको देख्ने वित्तिकै दर्शन गरे। ‘सबैलाई नमस्कार म स्वराज’ उनले भने। बाबाको आत्माले शान्ति पाओस भनेर आफुले सहयोग गरेको उनले बताए।

‘बाबाले सहयोगी बन्नुपर्छ है भन्नुहुन्थ्यो,’ स्वराजले भने, ‘आज मैले बाबाको आत्माले नै शान्ति पाओस भनेर यहाँ सहयोग गरेको हुँ। आज मैले सहयोग गर्दामाथि बाबा पनि खुसी हुनुभयो होला।’

बाबालाई यसरी सहयोग गरेको मन पर्ने भन्दै उनले बाबाले भनेको कुरा र गरेको कुरा आफुले पनि गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...