श्रीमतीले ‘मलाई मारिदिनुस्’ भन्छिन् : बशन्तले अन्तवार्तामा रुँदै भने, ‘आफ्नै श्रीमतीलाई कसरी मार्न सक्छु’ ?



हाम्रो इकोनोमि

 

भक्तपुर। ट्रमा सेन्टरको पाँचौं तलामा रहेको ५ सय १४ नम्बर बेडमा चेली तामाङ एकोहोरो टोलाइरहेकी छिन् । छेउमै अडेस लागेका छन् उनका श्रीमान बसन्त कुमार ठाकुरी। चेली हलचल गर्न सक्दिनन् । बसन्तलाई त्यसबेला असाह्यै पीडा हुन्छ, जब श्रीमतीले ‘मलाई मारिदिनुस्’ भन्छिन् । उनी आफैलाई प्रश्न गर्छन् ,’म मेरै श्रीमतीलाई कसरी मार्न सक्छु ।

काभ्रे भकुण्डेबेसीका बसन्त र सिन्धुपाल्चोक मुडेकी चेलीको भेट १५ वर्षअघि काठमाडौंमै भएको थियो । त्यतिबेला बसन्त लोकन्थलीमा मार्केटिङ कम्पनीको गाडी चलाउँथे, चेली जडिबुटीमा दाइको होटलमा खाना पकाउँथिन् । होटलमा जाँदाआउँदा भएको चिनजान प्रेममा बदलियो । त्यसको दुई वर्षमा बिहे गरे । उनीहरुको बिहे घर परिवारलाई चित्त बुझेन । अहिलेसम्म पनि राम्ररी स्वीकारेका छैनन् ।

परिवारले नस्वीकारे पनि उनीहरुले आफ्नो संसार बसाईसकेका थिए । आठ वर्षकी छोरी समेत छन् उनीहरुको । सानो घर बनाउने र छोरीको भविष्य पनि उज्जवल बनाउने सपना बोकेर विदेशीएका बशन्तको सबै सपना चकनाचुर भयो । चेलीलाई मोटरसाइकलले ठक्कर दिएर घाइते बनाए पछि उनी विदेशवाट फर्केर आए । अहिले भएको सम्पत्ती पनि सकियो ।

२०७३ साल चैत २५ गते मलेसियाबाट फर्केका उनी सिकै नर्भिक अस्पतालमा अचेत अवस्थामा रहेकी श्रीमतीलाई भेट्न पुगे । नर्भिक अस्पतालमा ४५ दिनको उपचारपछि चेलीलाई ट्रमा सेन्टरमा ल्याइएको थियो । ट्रमामा ६ महिना आईसीयुमा राखेपछि ५१४ नम्बर बेडमा सारिएको हो ।

उनको उपचारमा संलग्न डाक्टरले ‘मेरुदण्डको दुईवटा नशा च्यापिएको छ’ भनेको बसन्तले बुझेका छन् ।
श्रीमती चेलीको उपचारमा बसन्तले कुनै कसर छाडेका छैनन् । तर, एकातिर स्वास्थ्यमा सुधार भएको छैन भने अर्कोतिर आर्थिक अभावले पनि थिच्दै लगेको छ ।दिनहुँ बढ्दै गएको खर्च र कमाई शून्य उनले उपाय निकाले, अस्पतालमै सेक्युरिटी गार्डको काम गर्ने । त्यसो गरे ड्युटीको समय नजिकै हुने भइयो र ड्युटी सकेपछि सँगै ।

‘एक टाइम सेक्युरिटीमा बस्छु र अर्को टाइम श्रीमतीलाई हेर्छु भन्ने सोचेको थिएँ तर, कम्पनीले त्यो सम्भावना पनि मेटाइदियो,’ नमजा मानेर उनले सुनाए । कम्पनीले डबल ड्युटी गर्न भनेपछि बसन्तले त्यसो गर्न नसक्ने बताए ।अहिले आयल निगमका एक कर्मचारीको कार चलाउने काम गरिरहेका छन् । ‘बिहान ९ बजेतिर गएर कहिले ५ बजे कहिले ८ बजे फर्कन्छु र चेलीको रेखदेख गर्छु,’ बसन्तले आफ्नो दैनिकी सुनाए ।

जब निकै गाह्रो हुन्छ, चेली मर्ने कुरा गर्छिन् । अलिअलि ठीक भएका बेला भने केही वर्ष बाँच्ने आशा राख्छिन् । बसन्त भने ‘२, ४ वर्षले पुग्दैन, म बाँचुञ्जेल तिमी मेरो छेवैमा हुनुपर्छ’ भन्छन् ।’

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...