५३ करोड ठगी अभियोगमा गण्डकी मेडिकल कलेजका सीईओ र परीक्षा नियन्त्रक पक्राउ



हाम्रो इकोनोमि

 

प्रहरीले गण्डकी मेडिकल कलेजका लगानीकर्तासमेत रहेका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मालाई पक्राउ गरेको छ ।

सरकारले तोकेको शुल्कसीमा विपरीत मनपरी रुपमा विद्यार्थीबाट रकम असुलेको भन्दै परेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरूसहित कलेजका अन्य सञ्चालक विरुद्ध विद्यार्थीबाट करोडौँ अवैध असुली गरेको भन्दै प्रहरी तथा सम्पत्ति शुद्धीकरण विभागमा छुट्टाछुट्टै उजुरी परेको छ ।

कलेजका तीन विद्यार्थीले मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गरेका थिए । कलेजका एक विद्यार्थीसहित तीनजनाले मंगलबार नै सम्पत्ति शुद्धीकरण विभागमा समेत उजुरी दर्ता गराएका थिए ।

सरकारले उपत्यकाबाहिरको मेडिकल कलेजलाई एमबिबिएसमा ४२ लाख शुल्क तोकेको छ । तर, कलेजले विद्यार्थीबाट उक्त रकमभन्दा १५ लाखसम्म बढी रकम असुलेको विद्यार्थीको आरोप छ ।

कलेज सञ्चालकको मिलेमतोमा कलेजका प्रिन्सिपल, प्रशासकीय अधिकृत, लेखा शाखाका प्रमुख लगायतले विद्यार्थीबाट अवैध रुपमा बढी शुल्क लिएको भन्दै विद्यार्थी लामो समयसम्म आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...