५३ करोड ठगी अभियोगमा गण्डकी मेडिकल कलेजका सीईओ र परीक्षा नियन्त्रक पक्राउ



हाम्रो इकोनोमि

 

प्रहरीले गण्डकी मेडिकल कलेजका लगानीकर्तासमेत रहेका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मालाई पक्राउ गरेको छ ।

सरकारले तोकेको शुल्कसीमा विपरीत मनपरी रुपमा विद्यार्थीबाट रकम असुलेको भन्दै परेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरूसहित कलेजका अन्य सञ्चालक विरुद्ध विद्यार्थीबाट करोडौँ अवैध असुली गरेको भन्दै प्रहरी तथा सम्पत्ति शुद्धीकरण विभागमा छुट्टाछुट्टै उजुरी परेको छ ।

कलेजका तीन विद्यार्थीले मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गरेका थिए । कलेजका एक विद्यार्थीसहित तीनजनाले मंगलबार नै सम्पत्ति शुद्धीकरण विभागमा समेत उजुरी दर्ता गराएका थिए ।

सरकारले उपत्यकाबाहिरको मेडिकल कलेजलाई एमबिबिएसमा ४२ लाख शुल्क तोकेको छ । तर, कलेजले विद्यार्थीबाट उक्त रकमभन्दा १५ लाखसम्म बढी रकम असुलेको विद्यार्थीको आरोप छ ।

कलेज सञ्चालकको मिलेमतोमा कलेजका प्रिन्सिपल, प्रशासकीय अधिकृत, लेखा शाखाका प्रमुख लगायतले विद्यार्थीबाट अवैध रुपमा बढी शुल्क लिएको भन्दै विद्यार्थी लामो समयसम्म आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...