दार्चुला जीप दुर्घटनाः मृतक सबैको सनाखत (नामसहित)



हाम्रो इकोनोमि

 

शुक्रबार राती दार्चुला तिङ्कर सडक खण्डको राताकाठामा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउने सबै ११ जनाको सनाखत भएको छ । शुक्रबार राती घटनास्थलबाट मृतकको शव संकलन गरी जिल्ला अस्पताल दार्चुलामा ल्याईएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 

जीप दुर्घटनामा परी मृत्यु हुनेहरुमा दुहुँ गाउँपालिकाका ४५ बर्षका कल्यानसिह बडाल, वहाँकै छोरी वर्ष १५ कि निर्मला बडाल, दुहुँ गाउँपालिका वडा नम्बर २ की ३५ बर्षीया परुली धामी रहेका छन् । त्यसैगरी दुहुँ गाउँपालिका १ का ५४ बर्षका धन बहादुर बम, वडा नम्बर ४ दौलाकी ५५ कि अम्मरा बम, सोही ठाउँकी वर्ष ४ की आयुसा बम, वडा नम्बर १ पीपलचौरीकी ४५ बर्षिया गोमती बम र सोही ठाउँकी वर्ष ७१ की धाना बम रहेका छन् ।

 

त्यस्तै बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका ६ सित्तडका ६० वर्षीय प्रताप भनिने धनबहादुर चन्द, सोही स्थानकी २०/२१ वर्षीया स्नेहा चन्द र वडा नम्बर १ बस्ने ५३ वर्षीया मानमती भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सोही दुर्घटनामा जिप चालक दिपकसिह धामी गम्भीर घाइते भएका छन् । घाइतेको थप उपचारका लागि शुक्रबार राती नै भारतको पीथौरागढ लगिएको छ ।

 

दुर्घटनामा परी मृत्यु भएका सबैको शनिबार जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टम गरी शव आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख रवीन्द्र कठायतले जानकारी दिनुभयो ।

 

जीप दुर्घटनाको कारण खुल्न सकेको छैन् । दुर्घटना स्थल राताकाठा क्षेत्रमा सडक चौडा गर्ने कार्य भईरहेको छ । तर सो क्षेत्रमा कुनै पनि सवारी साधनहरु सञ्चालनमा रोक लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...