रवीन्द्र अधिकारीको काजकिरिया अब चार दिनमै सकिने



हाम्रो इकोनोमि

 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया अब चार दिनमै सकिने भएको छ।

बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका अधिकारीकै चाहना अनुसार परिवारका सदस्यले अब चार दिनमै किरिया सक्ने निर्णय लिएका हुन्।

शुक्रबार पोखरामा आयोजित श्रद्धाञ्जली सभामा मन्त्री अधिकारीका पारिवारिक सदस्य समेत रहेका नेकपाका नेता धनराज आचार्यले उनको चाहना अनुसार नै काजकिरिया हुने जानकारी दिए।

‘उहाँले परम्परालाई सुधार गर्नुपर्छ भन्ने मान्यता राख्नु हुन्थ्यो’, आचार्यले भने, ‘किरियाकर्म सात दिन हनुपर्छ भन्ने अभियानमै हुनुहुन्थ्यो सोही अनुसार अब उहाँको काजकिरिया चार दिनेमै सकिने छ।’

अधिकारीको निधन भएको तीन दिन बितिसकेको छ। २१ गते उनको किरियाकर्म सकिने छ। अहिले पोखरामा अधिकारीको शवयात्रा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...