देउवाको कुराले निर्मलाकी आमामा न्याय पाउने आशा जाग्यो



हाम्रो इकोनोमि

 

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको अपराधी ढिलो चाँडो पत्ता लागेर छोड्ने बताएका छन् ।

शुक्रबार भीमदत्त नगरपालिका(२ उल्टाखामस्थित निर्मलाको घरमा पुगेर सभापति देउवाले निर्मलाका अपराधि कुनै पनि हालतमा उम्किन नसक्ने बताएका हुन् ।

उनले निर्मलाकी आमासँग अपराधि पत्ता लगाउन सक्दो पहल गर्ने आश्वासन समेत दिए ।

उनले निर्मलाका हत्यारा पत्ता लगाउन कांग्रेसले सरकारलाई दवाव दिइरहेको बताउँदै बलात्कार र हत्या जस्तो अपराधमा संलग्नले कुनै हालतमा उन्मुक्ति नपाउने बताए ।

उनले हत्यारा पत्ता लाग्ने कुरामा ढुक्क हुन समेत परिवारलाई आग्रह गरेका छन् । सभापति देउवाले यति लामो समयसम्म पनि अपराधि पत्ता लाग्न नसक्नु चिन्ताको विषय भएका बताउँदै सरकारलाई गम्भिर रुपमा अनुसन्धान गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...