टुँडिखेलमा पाइलटकी आमा “मेरो छोरा मेरो बाबु” भन्दै पार्थिवमा ढलिन् अँह प्रभावकरले बोलेनन्



हाम्रो इकोनोमि

 

बुधबार ताप्लेजुङमा दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलट थिए प्रभाकर जोशी ।

खबर आए अनुसार मौसम खराब भएका कारण अहिले नै उडान भर्न सकिन्न भनेर उनले टावरलाई जानकारी दिएका थिए ।

तर सवार टीमले अर्को राम्रो रुट भएको दावी गरेपछि उनले टेकअप लिएका थिए ।

पाथिभरा मन्दिरबाट टेकअप लिएको एक मिनेट वित्न नपाउँदै हेलिकोप्टर पहाडमा जुध्यो । सवार सबै ७ जनाकै प्राणपखेर उडायो ।

जोखिम मोलेर हेलिकोप्टरको उडान भरेका जोशीको प्रयास सफल हुन सकेन र हेलिकोप्टर दुर्घटना भयो ।

दुर्घटनामा क्याप्टेन जोशी सहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र अन्य पाँच जनाले ज्यान गुमाए ।

दुर्घटनामा ज्यान गुमाए सवैको शव अन्तिम श्रद्धान्जलीको लागि टुँडिखेलमा राखियो ।

बिहान ८ बजेदेखि ११ बजेसम्म त्यहाँ राखिएको थियो । यसैक्रममा आफ्ना छोरा प्रभाकरलाई श्रद्धान्जली दिनका लागि टुँडिखेल पुगेका परिवारका सदस्य विक्षिप्त बनेका छन् ।

काठमाडौं ताहचलका प्रभाकर ‘योङ पाइलट’का रुपमा परिचित थिए । हिमाली क्षेत्रको अफ्ट्यारो परिस्थितिमा पनि उडान भर्न सक्ने उनी कुशल पाइलट थिए ।

तर उनको यो कुशलता शायद ‘दैव’ लाई मन परेन । कलिलै उमेरमा प्रभाकरको इहलिला समाप्त भयोे ।छोराको हसिलो अनुहार पनि अन्तिम क्षणमा आमा र परिवारका सदस्यले देख्न पाएनन् । दुर्घटनामा परेका प्रभाकरसहित अन्य सवैको शव चिन्न सक्ने अवस्थामा थिएन ।

शुक्रवार टुँडिखेलमा छोराको शवका टुक्राहरुसहितको पोका देखेपछि प्रभाकरकी आमा सम्हालिन सकिनन् ।

आशुका बलिन्द्र धारामा रुँदै उनले आफ्नो मातृत्व भाव प्रकट गरिन् । आफ्नो छोरालाई बोलाइन्, चिच्च्याइन्, अहँ प्रभावकरले सुनेनन् ।

मेरो छोरा मेरो बाबु ‘‘भन्दै भावविह्वल बनेकी आमालाई प्रभाकरका आफन्तले टुँडिखेलबाट बाहिर निकाले उनी त्यही बेहोस बनिन् ।

पार्थिव शरीरबाट टाँढिएपनि प्रभावकरको स्मरण आमाले कसरी भुल्न सक्नु होला । दुर्घटना अकल्पनीय हुन्छ ।

यो अकल्पनीय पीडामा प्रभाकरका परिवारलाई धर्यधारण गर्ने शक्ति मिलोस्, हार्दिक समवेदना ।

प्रतिक्रिया दिनुहोस
पूर्व सभापति देउवालाई स्वागत छ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट पूर्व सभापति शेरबहादुर...

पार्टी एकताका लागि देउवाको आव्हान

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी एकताको आह्वान गरेका छन्। करिब...

नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र त हुँदै छैन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र...

बाजागाजासहित देउवालाई स्वागत गर्न ७ हजार नेता-कार्यकर्ता सडकमा

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीको इतर समूहले आज...