विछिप्त अवस्थामा मन्त्री अधिकारीकी पत्नी विद्या अन्तिम विदाईकालागि पुगिन्



हाम्रो इकोनोमि

 

टुँडिखेलमा भइरहेको श्रद्धाञ्जली कार्यक्रममा ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई विछिप्त अवस्थामा  पुगेकी छिन् । मन्त्रीपत्नी विद्या अधिकारीको अन्तिम विदाईकालागि टुँडिखेल पुगेकी हुन् ।

श्रद्धाञ्जलीका लागि बिहान ८ बजेदेखि ११ बजेसम्म दुर्घटनामा मृत्यु भएका सातै जनाको शव टुँडिखेलमा राखिएको छ । बिहीबार पोस्टमार्ट गर्न समय लागेका कारण दिउँसो ३ बजे गर्ने भनिएको श्रद्धाञ्जली कार्यक्रम आज बिहानको लागि सारिएको थियो ।

 

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु उपस्थित छन् । श्रद्धाञ्जलीपछि अन्त्यष्टिका लागि मृतकको शव आजै परिवारलाई बुझाउने बताइएको छ । भने मन्त्री अधिकारीको अन्त्येष्टिका लागि गृह जिल्ला कास्की लगिनेछ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...