रातभर आगो बालेर निगालोको झ्याङमुनि बसी शव कुर्‍यौँ



हाम्रो इकोनोमि

 

 

ताप्लेजुङको सिस्नेभीरमा हेलिकप्टर दुर्घटना भएर उद्धार गर्न जानु पर्ने आदेश अनुसार हामी सुकेटार हुँदै दुर्घटनास्थल पुगेका हौँ ।

नेपाली सेनाको हेलिकप्टरबाट हामी दुर्घनास्थल डोरीको सहायताले झरेका हौँ । त्यहाँ पुग्दा शव छरपष्ट अवस्थामा थियो ।

हेर्ने मान्छेहरु थिए, तर कसैले शव संकलन गरेका थिएनन् । शव छरपष्ट भए पनि कसैले संकलन गरेका रहेनछन् ।

शव हामीले नै गएर संकलन गरेका हौँ । शव पहिले नै संकलन भएको भए बुधबार नै सबै शव सुकेटार विमानस्थल ल्याउन सकिने थियो ।सबै शव हामीले गए र संकलन गरेर पोको पारेका हौँ ।

चारवटा शव पोको पारेर बुधबार बेलुका नै पठाउन सकियो । तर तीनवटा शव भने सकिएन ।संकलन गरेर पोको पार्दा नै मौसम खराब भयो ।

त्यसपछि पनि हामीले डोकोमा बोकेर शव सुकेटारसम्म ल्याउने कोशिस गरेका थियौँ ।

तर बाटो अप्ठ्यारो र मौसम खराब भएका कारण सकिएन ।शव त्यहिँ छोडेर आउने कुरा भएन ।हामीलाई आदेश थियो–शव लिएर आउने वा शव कुरेर बस्ने । हामी तीनवटा शव कुरेर बस्यौँ ।

हामी ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी सञ्जय सिंह थापाको नेतृत्वमा हामी २०–२१ जना रातभरि शव कुरेर बस्यौँ ।

आफू पनि झुण्डिएर हेलिकप्टरमा शव ल्याउँदै गरेका सेनाका उद्धारकर्मी प्रताप लामा र तेजबहादुर घले। रातभरि ठूलो हिउँ पर्‍यो ।

पानी पनि परेको थियो । हामी शवको नजिकै आगो बालेर रातभर बस्यौँ । निगालोको झ्याङको ओत पारेर बसेका थियौँ । राति हामीले चाउचाउ र चिउरा खायौँ ।बिहान हुने बित्तिकै मौसम केहीबेर खुल्यो ।

हेलिकप्टर आयो, हामीले शव पठायौँ । यस किसिमको दुर्घटना र विपदको उद्धारको तालिम लिएकाले म र अर्को एकजना (तेजबहादुर घले, उनी पनि प्रतापसँगै उद्धारका लागि गएका थिए) शवसँगै डोरीमा झुण्डिएर सुकेटारसँग विमानस्थलमा आयौँ ।

यसरी नआएको भए, हिँडेर आउनु पर्ने थियो र हामीले तालिम लिएकाले यसरी आउन सक्यौँ ।उद्धारकर्मी प्रताप अहिले सुकेटार विमानस्थलमा छन् ।दुर्घटना तथा अरु विपत्तमा उद्धारमा धेरै खटिएको थिएँ तर जंगलमा रातभर हिउँ परेको ठाउँमा खुला आकाशमुनि बसेर उद्धारको काम गरेको यो पहिलोपटक हो ।

हेलिकप्टर दुर्घटनास्थलमा बस्ने अवस्था थिएन । हामी रातभर बसेर शव कुरियो । यसरी नबसेको भए जंगली जनावरले शव तितरवितर पार्ने डर हुन्थ्यो ।चिसोमा निकै कठ्याङ्ग्रिएर बसे पनि उद्धार गर्न सकियो ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...