स्तब्ध काठमाडौं, निशब्द काठमाडौं (भावविह्वल तस्बिर)



हाम्रो इकोनोमि

 

बिहानै एक्कासी मौसममा परिवर्तन आयो । काठमाडौंमा लामो समयको अन्तरालपछि फागुनमा हिउँ प¥यो ।

डाँडाँपाखा सेताम्मे भए । यसअघि सेल्फीमा हिउँ खेलेका तस्बिरहरु तमाम भेटिन्थे सामाजिक सञ्जालमा ।

बिहिबार हेर्दा अपवाद बाहेका त्यस्ता तस्बिर भेटिएनन् ।

दुःख झल्काउने पोष्ट र ढाडस बढाउने पोष्टको सञ्जालमा ओइरो लागिरह्यो ।

यस्ता तस्बिरपनि भेटिए मन थाम्नै नसकिने । हेर्नै नसकिने ।

मुलुकले ठूलो क्षति व्यहोर्नु परेको पीडा सबैको मनमा छ । न पक्ष न प्रतिपक्ष । सबैको एउटै आवाज बन्यो ।

पर्यटनमन्त्री रविन्द्र अधिकारी अमर रहने छन् । उहाँलाई हामीले क्यानभासमा सम्झिरहने छौँ । कसैसँग नबिझाएका मन्त्री अधिकारीको जीवन्त यो गुण थियो ।

यतिबेला मुलुक स्तब्ध छ । सबैको नजर ती ७ महान व्यक्ति तिर छ । जुन व्यक्तिहरु मुलुकको विकासका संवाहक थिए ।

हरेक क्षेत्रमा स्थापित भइसकेका व्यक्तिहरुलाई गुमाउँदा मुलुकले एक्लोपन महसुस पक्कै गरेको छ । तैपनि पीडा लुकाउँदै धैर्य बन्ने प्रयास छ ।

ताप्लेजुङको सुकेटार विमानस्थलबाट सेनाको हेलिकप्टर मार्फत त्रिभुवन विमानस्थलमा ७ जनाको शव आउँदा सबै भावविह्वल देखिन्थे ।

कसैको मुखबाट शब्द निस्किरहेका थिएनन् । मात्र भन्न सकिन्थ्यो अलविदा रवीन्द्र ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...