‘शव संकलन गर्न आएको हेलिकप्टर ‘ल्याण्ड’ हुन सकेन, आकाशमै फन्को मारेर गयो…’



हाम्रो इकोनोमि

 

हेलिकप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । शव संकलन गरेर काठमाडौं ल्याउन दुर्घटनास्थलतर्फ गएका हेलिकप्टर ल्याण्ड हुन नसकेको प्रत्यक्षदर्शी जगत कार्कीले बताएका छन् ।

 

त्यक्षदर्शी कार्कीका अनुसार हेलिकप्टर जमिनमा ल्याण्ड गर्न नसकेर आकाशमै फन्को मारिरहेको छ । दुर्घटनास्थलमा लागेको बाक्लो कुहिरो अझैसम्म पनि नहटेको कार्कीले बताए ।

 

‘एउटा हेलिकप्टर आएर ल्याण्ड गर्न खोजेको थियो । बाक्लो कुहिरोका कारण ल्याण्ड गर्ने सकेन, त्यसपछि आकाशबाटै फन्को मारेर गयो,’ प्रत्यक्ष्यदर्शी कार्कीले लोकान्तरसँग भने । हेलिकप्टरमार्फत् मृतकका शव काठमाडौं ल्याउने तयारी भएता पनि हेलिकप्टर बस्न नसक्दा दुर्घटनास्थलमा शव यत्तिकै रहेका छन् ।

 

शव काठमाडौं ल्याउनका लागि डाइनेष्टी एयर र सिम्रिक एयरको हेलिकप्टर सुकेटार विमानस्थलमा १५:५५ बजे ल्याण्ड भएको र नेपाली सेनाको थप २ वटा हेलिकप्टर दुर्घटनास्थलतर्फ उडेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...