हेलिकोप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाकै निधन



हाम्रो इकोनोमि

 

 

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ दुर्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पुष्टि गरे ।

 

दुर्घटनाग्रस्थ अवस्थामा भोटिएको हेलिकप्टर र लाशहरु यत्रतत्र छरिएको अवस्थामा भेटिएको छ । ताप्लेजुङको पाथिभरा नजिक भएको एयर डाइनेस्टी हेलिकोप्टरमा सवार सबैको मृत्यु भएको गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले पुष्टि गर्नुभएको छ । हेलिकोप्टरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७जना सवार रहेका थिए ।

 

तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

 

घटनास्थलमा रहेका स्थानीयबासीका अनुसार हेलिकोप्टर टुक्राटुक्रा भएको छ र आगो बलिरहेको छ । कालिका होटल सन्चालक सुरज भट्टराईले अनलाइनखबरसँग भने, ‘हेलिकोप्टर टुक्राटुक्रा भएर जलेको रहेछ । अहिले पनि आगो बलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुन प्रदेशबाट कति छन रास्वपाका महाधिवेशन प्रतिनिधि

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक...

एमाले उपाध्यक्ष पौडेललाई काठमाडौं ल्याइयो

    सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ...

एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...