मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटना: चिन्न नसक्ने अबस्थामा शव भेटिए



हाम्रो इकोनोमि

 

पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको हेलिकप्टर दुर्घटनाग्रस्त अबस्थामा भेटिएको छ । भर्खरै घटनास्थल पुगेको प्रहरीले चिन्नै नसक्ने अवस्थामा शवहरु भेटाएको नेपाल प्रहरीको उच्च स्रोतले दैनिक नेपालले जनाएको छ । प्रहरी हबल्दारको नेतृत्वमा एउटा टोली भर्खरै घटनास्थल पुगेको छ ।

 

पर्यटनमन्त्री सवार हेलिकोप्टर ताप्जेलुङमा दुर्घटना भएको पुष्टि भएको छ । जनकल्याण आधारभूत स्कुलका प्रधानाध्यापक महेश निरौलाले हेलिकोप्टर दुर्घटना भएको आफैंले देखेको बताएका हुन् ।

 

उनका अनुसार एक बजेतिर विद्यार्थीहरुले सर हेलिकोप्टर आगो लाग्यो भनेर खबर गरेका थिए । उनले  भने, ‘हेर्दा आगो लागेको देखियो । भीर भएकाले मानिसहरु पुग्न अप्ठ्यारो छ । अहिले पनि धुँवा आइरहेको छ ।’

 

प्रधानमन्त्री ओलीद्धारा बालुवाटार मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले आपतकालीन मन्त्रिपरिषद् बैठकका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा भएको खबर पाएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बलुवाटार बलाएका बालुवाटार स्रोतले जनाएको छ ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...