देशभरका सरकारी अस्पताल बन्द, बिरामीको बिजोग



हाम्रो इकोनोमि

 

काठमाडौं उपत्यकासहित देशभरका सरकारी अस्पतालमा आज (बुधबार) डाक्टरहरूले आकस्मिक (इमर्जेन्सी) बाहेक सबै सेवा बहिष्कार गरेका छन्।डाक्टरहरूको आन्दोलनका कारण बिरामी मर्कामा परेका छन्।

 

सरकारी अस्पतालमा ओपीडी सेवा बन्द भएपछि बिरामीहरू महँगाे शुल्क तिरेर  निजी अस्पतालम जान बाध्य भएका छन्। विपन्न वर्गका बिरामी भने उपचारबाटै वञ्चित भएका छन्।

 

कर्मचारी समायोजन विधेयकको विरोध गर्दै सरकारी चिकित्सक संघ (गोदान)को नेतृत्वमा देशभरका सरकारी चिकित्सक चरणबद्ध आन्दोलनमा उत्रिएका हुन्। देशभर करिब १४ सय सरकारी चिकित्सक छन्। उनीहरूले आजको स्वास्थ्य सेवा दिवस मनाउने कार्यक्रम पनि बहिष्कार गरेका छन्।

 

यसअघि धर्ना, र्‍यालीलगायतका कार्यक्रम गर्दै आएका उनीहरूले आजदेखि अस्पतालमा काम बहिष्कारको आन्दोलन सुरु गरेका हुन्।‘हामीले दिएको ७२ घन्टे अल्मिेटम सकियो, यसकारण पूर्वघोषित कार्यक्रमअनुसार नै आकस्मिकबाहेक सेवा बहिष्कार गर्न बाध्य भएका हौं,’ गोदानका अध्यक्ष दीपेन्द्र पाण्डेले नेपालखबरसँग भने, ‘जबसम्म सरकारले हाम्रो मागको सुनुवाइ गर्दैन तबसम्म यो आन्दोलन जारी रहनेछ।’

 

तपाईंहरूको यस्तो आन्दोलनले बिरामी मर्कामा पर्छनन् नि भन्ने नेपालखबरको प्रश्नमा अध्यक्ष डा. पाण्डेले भने, ‘त्यो हामीलाई थाहा छ, हाम्रै दाजुभाइ दिदीबहिनी आफन्त बिरामी छन्। तर आजको सानो दुःखले भोलि चिकित्सा सेवा सुधार हुन्छ भन्ने हाम्रो अपेक्षा हो।’ सरकारी चिकित्सक संघको यो आन्दोलनलाई नेपाल मेडिकल एसोसियसनले पनि समर्थन गरेको छ।

प्रतिक्रिया दिनुहोस
८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...