उद्योगी र बिक्रेताको आन्दोलनले बजारमा ग्यासको कृत्रिम अभाव !



हाम्रो इकोनोमि

 

उद्योगी-बिक्रेताले आन्दोलन घोषणा गरेसँगै बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी शुरु भएको छ ।  बिक्रेताले ग्यास सकिएको भन्दै उपभोक्तालाई खाली हात फर्काउन थालेका छन् । सहज आपूर्ति भइरहेपनि विक्रेताले कृत्रिम अभाव सृजना गरेर ग्यास ‘सर्टेज’ गराउन थालेका छन् ।

 

बिक्री ठप्प पार्ने उद्योगी- बिक्रेताको चेतावनीले त्रसित भएर उपभोक्ताले समेत जगेडामा राख्न थालेपछि बजारमा ग्यासका अभाव देखिन थालेको छ । ८ फागुनमा नेपाल एलपी ग्यास उद्योग संघले कमिसन वृद्धि लगायतका १० बुँदे माग पूरा गर्न सरकारलाई १० दिने अल्टिमेटम दिएको थियो ।

 

संघले घोषणा गरेको आन्दोलनमा बिक्रेताले पनि समर्थन जनाएका छन् । ग्यास बिक्रेता महासंघका अध्यक्ष महेश श्रेष्ठ बजारमा सहज रुपमा बिक्रीवितरण भइरहेको दाबी गर्छन् ।

 

सरकारले माग पूरा नगराएको अवस्थामा भने स्वतः बिक्री ठप्प हुने उनको चेतावनी छ ।  एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारी भने पूर्व घोषणा अनुसार नै आफूहरु चल्ने बताउँछन् ।

 

‘माग पूरा नभए हामीले ३० गतेदेखि बिक्री ठप्प पार्ने घोषणा गरिसकेका छौं, त्यो भन्दा अघि नियमितजस्तै बिक्री वितरण भइराख्छ’, उनले भने । तर, बजारमा भने ग्यास उद्योग र बिक्रेता संघका अधिकारीले भने जस्तो अवस्था छैन ।

 

नेपाल आयल निगमका अनुसार भारतबाट अहिले दैनिक ११ सय मेट्रिक टन एलपी ग्यास आयात भइरहेको छ ।  सामान्यतः मासिक ३६ हजार मेट्रिक टन ग्यास (झण्डै ७७ हजार सिलिण्डर) आयात हुने गरेको निगमका कार्यकारी निर्देशक एवं प्रवक्ता विरेन्द्र गोइतले अनलाइनखबरलाई जानकारी दिए ।

 

यसपालीको जाडो (जनवरी) मा माग बढेर ४० हजार मेट्रिक टन पुगेको थियो । जुन हालसम्मकै उच्च माग भएको गोइतले बताए ।  सामान्यतः मुलुकभर दैनिक ८० हजार सिलिण्डरको माग हुने गरेको छ । संघका अध्यक्ष भण्डारी माग अनुसार नियमित जस्तै ग्यास सिलिण्डर बजारमा पठाइरहेको दाबी गर्छन् ।

 

तर, बोटलिङ कम्पनी र बिक्रेताले बजारमा कृ किृत्रिम अभाव सिर्जना गराएको निगमका उच्च अधिकारी बताउँछन् । ३० गतेपछि कालोबजारी गर्न बिक्रेताले होल्डिङ गर्दा बजारमा उपभोक्तालाई सास्ती हुन थालेको ति अधिकारीले बताए ।

 

अत्यवश्यक सेवामा उद्योगी-बिक्रेताको मनपरी रोक्न सरकारले कडा कदम चाल्नुपर्ने उनले बताए । ‘वर्षेनी कमिसन वृद्धि गर्न माग गर्दै राज्यलाई चुनौती दिने ? मुनाफा धेरै नपाए बिक्री रोक्छु भन्दै सरकारलाई धम्की दिएर उपभोक्तालाई मारमा पार्न पाइन्छ?’, ति अधिकारीले प्रश्न गरे ।

 

बजारमा भएका ग्यास डिलरको प्रमाणिकरण नहुँदा पनि समस्या आउने गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यास बिक्रेताहरुको लगत संकलन गर्ने बताएपनि त्यो काम अघि बढेको छैन ।

 

किराना, फलफूल, तरकारी पसलेले समेत ग्यास बिक्री गर्दा बेथिती बढेको छ । तोकिएको बिक्रेतालाई मात्र ग्यास सिलिण्डर बेच्न दिने भनिएपनि हुन सकेको छैन ।

 

नेपाल एलपी ग्यास उद्योग संघले उद्योगहरुको यथार्थ सञ्चालन खर्च, ग्यास बिक्रेताहरुको यथार्थ कमिसन, स्थानीय ढुवानी भाडा, उद्योगको कार्यगत नोक्सानी, बीमा खर्च, मुनाफा तथा बिक्रेता/वितरकको उचित नाफाका लागि तत्कालै एक समिति गठन गर्नुपर्ने र यसबारे अध्ययन गरी प्रत्येक वर्ष कमिसन र खर्च समायोजन हुनुपर्ने लगायततका १० बुँदे माग अघि सारेको छ ।

 

यदि आˆना माग पूरा नभए संघले फागुन १७ गतेदेखि ग्यासको पीडीओ खरिद नगर्ने उनीहरुको घोषणा छ । फागुन २२ गतेदेखि एलपी ग्यासको लोडिङ बन्द गर्ने, फागुन २५ गतेदेखि आयात रोक्ने, फागुन २८ देखि उद्योगहरु समेत बन्द गर्ने उद्योगी-व्यवसायीको चेतावनी छ । यति गर्दा पनि सरकारले माग सम्बोधन नगरे फागुन ३० गतेदेखि सबै ग्यास डिपोहरु बन्दगरी आन्दोलनमा उत्रने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
कुन प्रदेशबाट कति छन रास्वपाका महाधिवेशन प्रतिनिधि

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक...

एमाले उपाध्यक्ष पौडेललाई काठमाडौं ल्याइयो

    सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ...

एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...