१७ वर्षे ठिटोले ‘सहसचिव’ बनेर यसरी बनाए प्रहरी र जनप्रतिनिधिलाई ‘उल्लु’



हाम्रो इकोनोमि

 

ढाँटका अनेका ‘आइडिया’ भन्ने उखान गाउँघरमा निकै चल्छ । एक १७ वर्षे ठिटोको यस्तै ठगी शैली सुन्दा अचम्म त पार्छ नै प्रहरीदेखि जनप्रतिनिधिसम्मलाई ‘उल्लु’ बनाएको कुराले चकित बनाउँछ ।

 

एक १७ वर्षीय किशोरले राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयको ‘अध्यक्ष’ बनेर प्रहरी र जनप्रतिनिधिलाई नै उल्लु बनाए । यो सहसचिवस्तरको पद हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार संरक्षण समितिको कार्यालय सिंहदरबार, काठमाडौंको कार्ड भिरेर उनले प्रहरी र जनप्रतिनिधिलाई झुक्याएका हुन् ।

 

यसरी प्रहरीदेखि जनप्रतिनिधिलाई उल्लु बनाउन सक्ने १७ वर्षका किशोर झापाका झापाका सन्देश रम्तेल हुन् । उनले प्रहरीको स्कर्टिङ समेत लिएर सरकारी नम्बर प्लेटको गाडीमा तनहुँदेखि मुस्ताङसम्म यात्रा गरेका छन् । जिप्रका तनहुँले भने यस विषय कुनै प्रतिक्रिया दिएको छैन ।

 

यसरी खुल्यो नक्कली सहसचिवको मुकुण्डो

मुस्ताङदेखि पोखरा फर्केर लेक साइडको तेन्जिङ हिलारी होटलमा बसेका उनले जब खाना खाएको पैसा तिरेनन्, तल उनको सहसचिवको मुकुण्डो उत्रियो । होटलमा खाएको ३५ हजार रुपैयाँ सन्देशले नतिरेपछि उनको उजुरी प्रहरीकहाँ पुग्यो र उनी सोमबार प्रक्राउ परेका छन् ।

 

होटलमा पैसा नतिर्ने र बिलमा झगडा गर्ने गरेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । होटल पुगेर अनुसन्धान थालेपछि उनको ठगी धन्दा प्रहरीले थाहा पाएको थियो । वडा प्रहरी कार्यालय बैदामले चालकसहित उनलाई पक्राउ गरेको हो ।

 

उल्लु बनाउँदै सरकारी भात खाँदै
सन्देशले राष्ट्रिय बाल अधिकार संरक्षण समिति ‘अध्यक्ष’ को नक्कली कार्ड विभिन्न जिल्लामा देखाएका भरमा सरकारी भात खानेदेखि अरु सरकारी सुविधा लिने गरेको पाइएको छ । प्रहरीसँगको बयानमा उनले १०० नम्बरमा फोन हानेर स्कर्टिङको सुविधा लिने गरेको बताएका छन् ।

 

म्तेलले बा २ झ १६६३ नम्बर सेतो नम्बर प्लेटको स्कारपियो प्रयोग गरेका थिए । रातो नम्बर प्लेटको गाडी भाडामा लिएर उनले नक्कली सेतो नम्बर प्लेट टाँसेको पाइएको छ ।

 

उनले वीरगञ्जमा नक्कली कार्ड बनाएको जानकारी दिएका । तेन्जिङ हिलारी होटलमा सामान राखेर रम्तेल सरकारी नम्बर प्लेटको गाडी गुडाउँदै पर्वत, म्याग्दी हुँदै मुस्ताङसम्म पुगेको स्रोतको भनाइ छ ।

 

त्यति मात्रै होइन, रम्तेलले पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङलाई समितिको अध्यक्ष भन्दै झुक्याएका थिए । उनले उपमेयर गुरुङलाई भेटेर महानगरपालिकाबाट १० लिटर तेलको कुपन लिएर प्रयोग गरेको अनुसन्धानका क्रममा बयान दिएका छन् ।

 

उनले होटलमा आफूले खाएको पैसा राष्ट्रिय बाल अधिकार संरक्षण समितिले होटलको खातामा हालिसकेको बताउँदै रम्तेल उम्कन खोजेका थिए । तर, होटल मालिकले शंका लागेर प्रहरी बोलाएपछि उनको अहिलेसम्मको ढाँटको खेती छुताछुल्ल भएको हो ।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...