दुई वर्षीय छोरीलाई ढुंगामा पछारेर आमाले गरिन हत्या



हाम्रो इकोनोमि

 

 ‘यी सानी नानीलाई मैले पाँच दिनदेखि देखिरहेको छु। आमा दिनभर गिट्टी बोक्छिन्। नानीलाई एकाछेउमा राखिएको हुन्छ। न रुन्छिन्, न झगडा गरेको देखिन्छ। भगवानको रुपजस्तै। मेरो मन अनयासै अमिलो भएर आयो।

 

के गर्न सक्थें र ? २ प्याकेट बिस्कुट दिएँ र हलुका भएँ। यद्यपी कस्तो कस्तो लागिरहन्छ।’ आमाले गिट्टी बोक्दा एकाछेउमा भलाद्मी भएर बस्ने दुई वर्षीय बालिकाको सान्त र भद्र स्वभावका बारेमा ताप्लेजुङका तत्कालिन जिल्ला न्यायाधीश अशोककुमार बस्नेतले त्यसबेला आफ्नो फेसबुकमा लेखेको स्टाटस हो यो।

 

आमाछोरीको अवस्था देखेर न्यायाधीश बस्नेतले दुई वर्षअघि आमालाई अदालतमै फूल गोड्ने काममा लगाइदिएका थिए। आमा अदालतको फूलबारी दैनिक रेखदेख गर्थिन्। चार वर्षकी छोरी स्कुल जान थालेकी थिइन्। भगवानजस्ती तिनै आमाको हात बच्चीका लागि काल बनिदियो। ३२ वर्षीय पूजा चेम्जोङका कारण चार वर्षीय छोरी मनिकाको प्राणपखेरु उड्यो।

 

स्थानीयका अनुसार बुवा सन्तवीर लिम्बू बिहानै काममा निस्किएका थिए। होमवर्क नगरेको भन्दै मदिराले लट्ठ भएकी पूजाले बिहीबार छोरीलाई पिटेकी थिइन्। ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी सञ्जयसिंह थापाका अनुसार होमवर्क नगरेकाले स्कुल जान नमानेपछि आमाले कुटेकी थिइन्। रिसको झोंकमा छोरीलाई ढुंगामा पछारेपछि मुखबाट रगत निस्किएको थियो। प्रहरीका अनुसार उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो।

 

छोरीको मृत्युपछि पूजालाई पक्राउ गरी कर्तब्य ज्यानसम्बन्धी मुद्धा चलाउन अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। ‘सन्तानका लागि आमा भगवानसरह हुन्छिन्’, डीएसपी थापाले भने, ‘तर यो घटनामा नौ महिनासम्म कोखमा राखेर जन्माएको सन्तानका लागि आमा नै काल बनिन्।’

 

पारिवारिक तनाव र मदिरा सेवनका कारण कुट्दै पछार्दा छोरीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी थापाले बताए। जिल्लाको मिक्वाखोला गाउँपालिका–४ साँवा घर भएका लिम्बू परिवार सदरमुकाम फुङलिङस्थित रिजाललाईनमा डेरा बस्दै आएका थिए।

 

पूजा सन्तवीरकी दोस्री श्रीमती हुन्। जेठी श्रीमती साँवामा बस्छिन्। प्रहरीका अनुसार सन्तवीर केही समय जेठी र केही समय पूजासँग बस्दै आएका छन्। पूजाका एक वर्षका छोरा पनि छन्।

 

जिल्ला अदालतमा फूलबारी गोडेवापत पूजालाई मासिक १० हजार रुपैयाँ दिने गरिएको अदालतका श्रेस्तेदार केदार गौतमले बताए। ताप्लेजुङमा घरेलु मदिराका कारण यस्ता धेरै घटना हुने गरेका छन्। पछिल्लो एक वर्षको अवधिमा भएका अपराधमध्ये ७८.२१ प्रतिशत घरेलु मदिराका कारण हुने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...