‘धुर्मुसपछि माग्ने बुढा’ पनि श्रीमती सहित लागे समाजसेवाको बाटो



हाम्रो इकोनोमि

 

चर्चित हास्य ब्यांग्य जोडी धुर्मुस–सुन्तली (सिताराम कट्टेल, कुञ्जना घिमिरे) ले समाज सेवा र राष्ट्र निर्माणमा स्यावासी पाइरहेका बेला ‘माग्ने बुढा’को जोडी पनि समाजसेवाको बाटो हिँड्न थालेको छ ।

उनका सहकर्मी मित्र धुर्मुसले समाजसेवाको ठूलै पहाड उक्लिरहेका बेला माग्नेले पनि आफ्नो तर्फबाट केही पहलहरु सुरु गरेका छन् ।

केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ र पत्नी सितादेवी तिमल्सिनाले एक विद्यालयलाई नगद सहयोग गरेसँगै अब यो हौसला उनलाई आउँन थालेको छ ।

कर्णालीमा नेपालकै नमुना निःशुल्क आवासिय बिद्यालय संचालनको लागि घिमिरे दम्पत्तीले ७५ हजार सहयोग गरेका हुन् ।

कालीकोटस्थित राशकोट नगरपालिकाको सिफ्टी बिशालीमा निःशुल्क आवासिय बिद्यालय संचालनको सहयोगार्थ घिमिरे दम्पत्तीले कर्णाली फाउन्डेसनका अध्यक्ष तिलक प्रसाद उपाध्यायलाई उक्त रकम हस्तान्तरण गरेको बताइएको छ ।

आवासिय बिद्यालयको साथमा अध्ययन तथा अनुसन्धान केन्द्र, धार्मिक पर्यटनको लागि नेपालकै ठुलो शिव मन्दिरको निर्माण, प्राविधिक शिलालय लगायतका अन्य संरचनाहरु पनि सहयोग रकमले निर्माण गरिने फाउन्डेसनका सदस्य लिलाराज बरालले बताए ।

हाँस्य प्रस्तुतीका लागि कर्णाली फाउन्डेसनकै कार्यक्रममा पुगेका केदार र सिताले विद्यालयलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । माग्नेले पछिल्लो समय विभिन्न सफल चलचित्रमा काम गरिरहेका बेला उनको पारिश्रीमक ह्वाततै बढेको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...