विमानकाे इन्जिन मर्मत र टेन्डरमै १ अर्ब ५३ करोड घाेटाला भएको खुलासा



हाम्रो इकोनोमि

 

 

संघीय संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको विमान इन्जिन मर्मत तथा भाडासम्बन्धी टेन्डर आह्वान प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त टेण्डर प्रक्रियामा १ अर्ब ५३ करोड घोटाला भएको आशंका गर्दै विमान इन्जिन मर्मत तथा भाडासम्बन्धी टेन्डर आह्वान प्रक्रिया तत्काल रोक्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल वायुसेवा निमगलाई निर्देशन दिएको हो ।

नेपाल वायु सेवा निगमले विमान इन्जिन मर्मत तथा भाडासम्बन्धी टेन्डर आह्वान प्रक्रियामा ठूलो आर्थिक चलखेल भएको हुन सक्ने देखिएकाले तत्काल सो प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिए ।

निगमले लुब्रिहंश कम्पनीलाई परेको सो ठेक्का आह्वान रद्द गरी अर्कै कम्पनीसँग १ अर्ब ५३ करोड घुस लिएर नयाँ प्रक्रिया सुरु गरेको समितिको आशंका छ ।

बैठकमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले कानुनसम्मत नभएकाले लुृब्रिहंस कम्पनीलाई दिइएको ठेक्का प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया सुरु गर्नुपरेको जवाफ दिएका थिए ।

बैठकमा समितिका सदस्यहरुले नेपाल वायु सेवा निगमले सो टेन्डर आह्वान प्रक्रिया अघि बढाए सह्य नहुने चेतावनी दिएका थिए ।

सांसद प्रेमकुमार आलेले निगमले फेरी सो टेन्डर आह्वान प्रक्रिया अघि बढाएर भ्रष्टाचार गर्न खोजेको उल्लेख गर्दै सह्य नहुने चेतावनी दिएका थिए ।

समितिका अर्का सदस्य लेखराज भट्टले सो टेन्डर आह्वान प्रक्रियाबारे विस्तृत अध्ययन गरेर मात्रै अघि बढनुपर्ने आवश्यकता औंल्याएका थिए ।

नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी विमान खरिदमा ४ अर्ब ३५ करोड भ्रष्टाचार गरेको निष्कर्ष सोही समितिले निकालेपछि अहिले छानबिन प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...