श्रीमान् अरबमा, छिमेकी पुरुषसँग सुपादेउरालीमा सेल्फी, काखे छोरो छाडेर पोइला



हाम्रो इकोनोमि

 

अर्घाखाँची जिल्लाकी एक महिला दुधे बालक र श्रीमानलाई छाडेर नगद तथा गरगहनासहित फरार भएकी छिन् ।

सीतगंगा नगरपालिका वडा नं. ५ स्थायी घर भएका चन्द्रप्रकाश पौडेलकी श्रीमती पवित्रा पौडेल फरार भएकी हुन् ।

उनी गत असोज २२ गते ‘बिदेशबाट पैसा आएको छ, निकालेर आउँछु’ भन्दै घरबाट हिँडेकी हुन् । अहिलेसम्म सम्पर्कमा नआएको पौडेल परिवारले जानकारी दिएका छन् ।

फरार पवित्राको ३ वर्ष अगाडि परम्परा अनुसार विवाह भएको थियो । उनको कोखमा अहिले १४ महिनाको छोरा छन् ।

श्रीमान् चन्द्रप्रकाश डेढ वर्ष अगाडि बैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् ।

श्रीमानले पठाएको करिब ५ लाख नगद र एक सेट गरगहना (२ ओटा औठी, कानका झुम्का र मंगलसुत्र) लिएर फरार भएको चन्द्रप्रकाशका दाजु ज्योति पौडेलले जानकारी दिए ।

त्यतिमात्र होइन पवित्राले गाउँकै रामप्रसाद पौडेलसँग ५ हजार, भोजराज पौडेलसँग ६ हजार र सूर्यमुखी सबल समूहबाट २५

हजार समेत लिएर गएको पौडेल परिवारले दाबी गरेको छ । पवित्राको खोजी गर्दै जाँदा सीतगंगा नगरपालिका वडा नं. ५ थारपाइलाका लक्ष्मण भूसालसँग फरार भएको प्रमाण आफूहरूले फेला पारेको पौडेल परिवारले दाबी गरेको छ ।

लक्ष्मण र पवित्राले गत २२ गते नै सुपादेउराली मन्दिर परिषरमा

सेल्फी खिचेर फोटो फेसबुकमा अपलोड समेत गरेका छन् । उनीहरूको खोजी गर्न साउदीमा रहेका श्रीमान चन्द्रप्रकाश पौडेलले आग्रह गरेका छन् ।

श्रीमती धनसम्पत्ति बोकेर फरार भएको खबर पाएपछि चन्द्रप्रकाश पौडेल बिहीबार साँझ नेपाल आइपुगेका छन् ।पवित्रा पौडेललाई देख्ने जो कोहिले नजिकको प्रहरी कार्यालय आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...

ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...